default_image

9 years ago

April 27, 2016

१ रनको जितपछि गुजरात आइपिएलको शीर्षस्थानमा

119 views

0 Bookmark

दिल्ली ,(एजेन्सी) क्रिस मोरिसले ब्याट्डि र बलिड्मा उच्च प्रदर्शन गरेपनि दिल्ली डेरडेभिल्स गुजराज लायन्ससँग १ रनले पराजित भएको छ । ६ खेलमा पाँचौ जितपछि १० अंकका साथ गुजराज कोलकाता नाइट राइडर्सलाई पछि पार्दै अंकतालिकाको शीर्षस्थानमा उक्लेको छ । ८ टोली रहेको आइपिएलमा ६ अंकसहित दिल्ली तेस्रो स्थानमा छ ।

ब्याटिड् गर्दै दिल्लीका क्रिस मोरिस ।

ब्याटिड् गर्दै दिल्लीका क्रिस मोरिस ।

१ सय ७३ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ रन कम १ सय ७१ रन जोड्यो । मोरिसले ३२ बलमा ४ चौका र त्यसको दोब्बर ८ छक्कासहित अविजित ८२ रन त बनाए, तर उनको टोली जित्न सकेन । १ रनले पराजित भयो । शीर्ष ब्याट्सम्यानहरु नचलेपछि जेपी डुमिनी र मोरिसले टोलीलाई जिततर्फ अग्रसर गराएका थिए । ड्वान ब्राभोले अन्तिम ओभर कसिलो बलिड् गरेपनि दिल्ली झिनो अन्तरले जितबाट विमुख हुन पर्यो । डुमिनीले ४८ र रिसब पन्तले २० रन बनाए । गुजराजका धवल कुलकर्नीले ३ तथा ब्राभो र जेम्स फकनरले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिड्को निम्ता पाएको ओपनरद्धय ड्वाने स्थिम र ब्रान्डन म्याकलमको अर्धशतकमा गुजराजले ६ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । पहिलो विकेटका लागि उनीहरुले १ सय १२ रनको साझेदारी गरे । म्याकलमले ३६ बलमा ६ चौका र ३ छक्काका साथ ६० रन जोडे । ३० बल खेलेका स्थिमले ५ चौका र ३ छक्कामा ५३ रन बटुले । दिनेश कार्कीले १९ र फकनरले २२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् ।
ब्याटिडमा समेत उच्च प्रदर्शन गरेका मोरिले २ विकेट समेत लिए । इमरान तारिहले २ र डुमिनीले १ विकेट लिए । आइपिएलमा बिहीबार कोलकाता र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।

March 9, 2025

अजयको ५ विकेटमा लुम्बिनी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]

March 9, 2025

दीपेन्द्रको ७ विकेटमा कर्णालीको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – दीपेन्द्र रावतको ७ विकेटको सहयोगमा कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कर्णालीले आइतवार सुदूरपश्चिम प्रदेशलाई ७९ रनले हराएको छ । १ सय ५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २१ ओभरमा सबै विकेट गुमाएर ७६ रनमा समेटियो । सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक २७ रन जोडे […]

March 9, 2025

कमलको ४ विकेटमा एपिएफको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – तीव्रगतिका बलर कमलसिंह ऐरीले ४ विकेट लिए पछि प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लबले विजयी सुरुवात गरेको छ । रुपेन्देहीको एस्ट्राटेक ओभलमा आइतवार एपिएफले बागमती प्रदेशलाई १ सय रनले पराजित गर्यो। १ सय ७५ रनको लक्ष्य पछ्याएको बागमती २८.२ ओभरमा ७४ रनमा समेटियो । बागमतीका लागि शुभ कसांकार […]

Success

Thank you for your time.