6 years ago
March 13, 2019
एजेन्सी – भारतसँगको पाँच वान डे सिरीज पाहुना टोली अष्ट्रेलियाले ३-२ ले जितेको छ । बुधबार दिल्लीमा भएको अन्तिम तथा पाँचौ खेलमा भारतलाई ३५ रनले हराउँदै अष्ट्रेलियाले सिरीज जित्न सफल भयो ।
यससँगै अष्ट्रेलियाको १५ महिना सम्मको वान डे सिरीज जितको खडेरी पनि तोडिएको छ । विश्वकप अघि यो नतिजाले अष्ट्रेलियालाई ठूलो राहत दिँदा प्रमुख दावेदार भारतलाई भने नराम्रो धक्का लागेको छ । अष्ट्रेलियाले प्रस्तुत गरेको २ सय ७३ रनको लक्ष्य पक्ष्याएको भारतले ५० ओभरमा अल आउट हुँदै २ सय ३७ रनमा समेटियो ।
भारतका लागि ओपनर रोहित शर्माले ८९ बलमा ४ चौका प्रहार गर्दै ५६ रन बनाए । शिखर धवन १२, कप्तान विराट कोहलीले २०, ऋषभ पन्त र विजय शंकर समान १६-१६ रनमा आउट हुन पुगे । तल्लोक्रमक भुवनेश्वर कुमारले ५४ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४६ र केदार जाधवले ५७ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४४ रन बनाएपनि भारतको हार टार्न सकेनन ।
अन्य कुनै पनि भारतीय ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । अष्ट्रेलियाको जितमा स्पिनर एडम जम्पाले १० ओभरमा १ मेडन सहित ४६ रन खर्चेर ३ विकेट लिए । प्याट कमिन्स, झेय रिचड्सन र मार्कस स्टोइनिसले समान २-२ तथा नाथन लायनले १ विकेट हात पारे ।
त्यसअघि फिरोज शाह कोटला मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले ओपनर उस्मान खवाजाको शतकसँगै निर्धारित ५० ओभरका ९ विकेटको क्षतिमा २ सय ७२ रन बनायो । अष्ट्रेलियाका लागि ओपनर उस्मान खवाजाले १ सय ६ बलमा १० चौका र २ छक्का प्रहार गर्दै १ सय रनमा क्याच आउट भए । ओडीआई करियरमा खवाजाको यो दोस्रो शतक हो ।
यस्तै पिटर हेन्डस्कम्वले ६० बलमा ४ चौका प्रहार गर्दै ५२,कप्तान आरोन फिन्च २७, मार्कस स्टोइनिस र एस्टन टर्नरले समान २० रन जोडे । ग्लेन म्याक्सवेल १, एलेक्स केरी ३,प्याट कमिन्स १५ र झेय रिचड्सनले २९ रनको योगदान दिए । भारतका लागि भुवनेश्वकर कुमारले ३, रविन्द्र जडेजा र महोम्मद शामीले समान २-२ तथा कुलदिप यादवले एक विकेट हात पारे ।
सुरुवाती दुई खेल हारेको अष्ट्रेलियाले अन्तिम तीन खेलमा उत्कृष्ट पुनरागमन गर्दै सिरीज जित्न सफल भयो । पहिलो खेलमा भारत ६ विकेट र दोस्रो खेलमा ८ रनले विजयी भएको थियो । तेस्रो खेलमा ३२ रन र चौथो खेलमा अष्ट्रेलिया ४ विकेटले विजयी भएको थियो । टी-२० सिरीज पनि भारतले २-० ले गुमाउन पुगेको थियो ।
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]