default_image

6 years ago

March 13, 2019

खवाजाको शतकमा भारतलाई मध्यम लक्ष्य

69 views

0 Bookmark

एजेन्सी – ओपनर उस्मान खवाजाले शतक प्रहार गरेपछि अन्तिम तथा पाँचौ निर्णाणक वान डे खेलमा अष्ट्रेलियाले भारतलाई २ सय ७३ रनको लक्ष्य दिएको छ ।

फिरोज शाह कोटला मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरका ९ विकेटको क्षतिमा २ सय ७२ रन बनायो । अष्ट्रेलियाका लागि ओपनर उस्मान खवाजाले १ सय ६ बलमा १० चौका र २ छक्का प्रहार गर्दै १ सय रनमा क्याच आउट भए । ओडीआई करियरमा खवाजाको यो दोस्रो शतक हो ।

त्यस्तै पिटर हेन्डस्कम्वले ६० बलमा ४ चौका प्रहार गर्दै ५२,कप्तान आरोन फिन्च २७, मार्कस स्टोइनिस र एस्टन टर्नरले समान २० रन जोडे । ग्लेन म्याक्सवेल १, एलेक्स केरी ३,प्याट कमिन्स १५ र झेय रिचड्सनले २९ रनको योगदान दिए ।

भारतका लागि भुवनेश्वकर कुमारले ३, रविन्द्र जडेजा र महोम्मद शामीले समान २-२ तथा कुलदिप यादवले एक विकेट हात पारे । सिरिज २-२ को अवस्थामा छ । आजको खेलको विजेताले सिरीज पनि जित्ने छ ।

March 21, 2025

एपिएफले सुदूरपश्चिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]

March 21, 2025

नवाजको शतकमा पाकिस्तानको सहज जित

एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]

Success

Thank you for your time.