6 years ago
March 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मकवानपुरले आठौं राष्ट्रिय खेलकुदको क्रिकेटअन्तर्गत प्रदेश ३ स्तरीय छनोट प्रतियोगिताको उपाधि जितेको छ ।
मंगलबार मुलपानी क्रिकेट मैदानमा भएको फाइनल खेलमा काठमाडौंलाई १९ रनले हराउँदै उपाधि जित्न सफल भएको हो । १ सय ५५ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३५ रन बनायो । काठमाडौंका लागि रोविन जोशीले २५, ईशान पाण्डेले ३४, जितेन्द्रसिंह ठकुरीले ३०, भुपेन्द्र थापा १० रनमा आउट हुँदा शरद खड्का १२ र अभिनास अधिकारी ५ रनमा नट आउट रहे । मकवानपुरका लागि असिम श्रेष्ठ २,राम नरेश गिरी,रिजन ढकाल र राजिभ यादवले समान एक विकेट हात पारे ।
त्यस अघि टस जितेर पहिला ब्याटिङ थालेको मकवानपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमउँदै १ सय ५४ रन बनाएको थियो । मकवानपुरका लागि सुमन सुनारले ४४, रिजन ढकाल २६ र राजन यादवले १८ रन बनाए । काठमाडौंका लागि जितेन्द्रसिंह ठकुरीले ३, ईशान पान्डे, अभिनास अघिकारी, दिपक बोहोरा र शरद खड्काले समान एक विकेट आफ्नो नाममा लेखाए ।
विजेता टोलीले मेडल र प्रमाण पत्र पाए । फागुन २२ देखी सुरु भएको प्रतियोगितामा काठमाडौं, चितवन, नुवाकोट, भक्तपुर, मकवानपुर, काभ्रेपलान्चोक र ललितपुर गरि ७ जिल्लाको सहभागिता रहेको थियो ।
उप विजेतामा सिमीत भएपछि काठमाडौंका प्रशिक्षक सुनोज भट्टराईले ज्ञानेन्द्र मल्ल खेलेको भए उपाधि जित्न सक्ने बताए । ‘ज्ञानेन्द्र नहुँदा र हाम्रा तीन खेलाडी यू-१९ प्रशिक्षणमा जादा पनि हामी केहि कमजोर बन्यौ । मल्ल खेलेको भएपनि धेरै सहज हुन सक्थ्यो। प्रमुख ४ खेलाडी नहुँदा खेलको प्रर्दशनमा केहि असर पर्यो । तरपनि हामी बलियो नै थियौ । बीचमा ३,४ ओभरमा अलि बढि रन खर्चिदा हार्न पुग्यौं”, भट्टराईले हाम्रो खेलकुदसँग भने । त्यस्तै मल्ल नहुँदा खल्लो महसुस भएको बताए ।
किन खेलेनन् ज्ञानेन्द्र मल्ल ?
माघ १० मा धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो क्वालिफायरमा महेन्द्रनगर युनाईटेडसँगको खेल बहिष्कार गरेको भन्दै टेक्नीकल कमिटीले मल्ललाई गत बिहिबार ४ खेलमा प्रतिबन्ध लगाएको थियो । जस अनुसार मल्लले सुरुवाती चार खेल खेल्न पाएनन् । तर सोमबार भएको सेमिफाइनल खेलमा काठमाडौंले ललितपुरलाई ४ विकेटले पराजित गयो । यसै सेमिफाइनलबाट मल्लको प्रतिबन्ध सकिएको थियो । मल्लले फाइनल खेल्ने आसा गरिएको थियो तर मल्लले पारिवारीक अस्वस्थताको कारण देखाउँदै फाइनल नखेल्ने बताएका थिए ।
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]