6 years ago
March 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आज स्वदेश फर्कदैछ ।
सन्दीप पाकिस्तान सुपर लिग (पिएसएल) मा सहभागिता जनाएर आज स्वदेश फर्कन लागेको नेपाली क्रिकेट टिमका व्यवस्थापक तथा टेक्निकल एनलिस्ट रमन शिवाकोटीले जानकारी गराए ।
उनका अनुसार सन्दीप आज ३ः३५ बजे कतार एयरवेजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलर्नेछ ।
सन्दीपले पीएसएलमा लाहोर क्वालन्डर्सबाट खेलेको थिए । ७ खेल खेलेको सन्दीपले ११ विकेट हात पारेका थिए । तर, उनको टोलीले समूह चरण पार गर्न असमर्थ बन्यो ।
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा आइसिसी यु १९ महिला विश्व कप शनिवार सुरु हुँदैछ । विश्व कपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ः१५ बजे मलेसियाको बागींमा रहेको युकेएम क्रिकेट ओभलमा सुरु हुनेछ । नेपाली महिला टोलीले कुनै पनि समूहमा पहिलो पटक विश्व कप खेल्न लागेको हो । सन् […]
January 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा पहिलो जित हासिल गरेको छ । कैलाली धनगढीको फाप्ला क्रिकेट मैदानमा शुक्रवार भएको दोस्रो खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ६ विकेटले हराएको हो । जितसँगै लुम्बिनीले सुपर फोरमा पुग्ने झिनो सम्भावना कायमै राखेको छ । तर त्यसका लागि आफूले जितेर मात्र पुग्दैन अरु खेलको […]
January 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा यु १६ लिगमा आज भएको खेलमा चर्च ब्वाइज युनाइटेड र एपिएफ क्लब विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार भएको पहिलो खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबलाई ४-१ ले हराएको हो। दोस्रो खेलमा एपिएफले एफसी खुमलटारलाई ३-० ले पराजित गरेको हो ।