6 years ago
March 12, 2019
एजेन्सी – पाकिस्तान सुपर लिग (पिएसएल) खेलेर नेपाली लेग स्पिनर सन्दीप लामिछानेको आज नेपाल फर्कंदै छन् । सन्दीप आज दिउँसो ३:३५ बजे नेपाल आईपुग्नेछन् ।
सन्दीप टिम लाहोर कलन्दर्स १० खेलबाट ७ हार र ३ जितका साथ पुछारमा रहँदै समुह चरणबाट बाहिरियो । सन्दीपले ७ खेलमा २४.४ ओभर बलिङ गर्दै १ सय ८९ रन खर्चेर ११ विकेट आफ्नो नाममा लेखाए । उनले यसक्रममा प्रतिओभर ७.६६ रन खर्चेर १७.११ को औसतमा विकेट लिए । सर्वाधिक विकेट लिने सुचिमा मंगलबारसम्म सन्दीप आठौं स्थानमा छन् ।
सन्दीपले पीएसएलमा केहि खेलमा उत्कृष्ट बलिङ गरेपनि पछिल्ला खेलमा भने लय गुमाए । टोलीका लागि मुख्य स्पिनरको भूमिका निर्वाह गरेका उनीमाथि केहि दबाब पनि परेको हुनसक्छ । तर शीर्ष श्रेणीको क्रिकेटमा बानी बसालेका सन्दीपबाट नियमित राम्रो प्रदर्शन अपेक्षा गर्न थालिएको छ । उनले विश्वका शीर्ष फ्रेन्चाइज लिगमा अनुभव बटुलिसकेका छन् । अब उनले उक्त अनुभवलाई नियमित राम्रो प्रदर्शनमा ढाल्नुपर्छ । फेन्चाइज लिग खेल्न भ्याई नभ्याई रहेको सन्दीप अब मार्च २३ देखि सुरु हुने आईपीएल खेल दिल्ली जाने छन् । उनले दिल्ली क्यापिटल्सबाट खेल्नेछन् ।
सम्रगमा यस्तो रह्यो सन्दीपको प्रर्दशन
बिग ब्यासको कारण सुरुवाती तीन खेल गुमाएका सन्दीपले ७ खेल मध्य ५ मा विकेट लिँदा २ खेलमा विकेटविहिन बने । एक खेलमा सन्दीप म्यान अफ द म्याच नै चुनिए । मुल्तान सुल्तानसँग डेब्यू गर्दै ४ ओभरमा ४६ रन खर्चेर ३ विकेट लिँदै मिश्रित सुरुवात गरेका सन्दीपले जेम्स भिन्स, पाकिस्तानका पुर्व कप्तान सोएव मालिक र आन्द्रे रसेललाई आफ्नो डेब्यू शिकार बनाए ।
दोस्रो खेलमा क्वेटा ग्ल्याडीयटर्सविरुद्ध कसिलो बलिङ गर्दै ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए । अहसन अलीलाई आउट गरे । तेस्रो खेलमा पुन ग्ल्याडीयटसविरुद्ध खेल्दै सन्दीपले म्यान अफ द म्याच चुनिदै अविश्वसिनिय बलिङ गरे । सन्दीपले ४ ओभरमा १० रन खर्चेर ४ विकेट लिए । शेन वाटसन, राइली रुसो, उमर अकमल र दाजिज अनिस सन्दीपको गुग्लीमा फस्दै पेभिलिएन फर्के ।
चौथो खेलमा कराँची किंग्ससँग उत्कृष्ट प्रर्दशन गर्दै ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । सन्दीपले बाबर आजम र कोलिन मुनरोलाई आउट गरे । पाँचौ खेलमा भने पेशवार जाल्मीसँग २.१ ओभर बलिङ गर्दै २२ रन खर्चिदा विकेट विहिन बने । आफ्नो व्यक्तिगत छैटौं खेलको लागि सन्दीप युएईबाट पिएसएलको लागि पाकिस्तान पुगे तर प्रर्दशन खराव रह्यो । ईस्लामबाद युनाइटेडसँग ४ ओभरमा ४६ रन खर्चिदा १ लिए । फिलिप साल्टलाई आउट गरे । अन्तिम खेलमा सन्दीपले मुल्तान सुल्तानसँग २.३ अोभर बलिङ गर्दै २८ रन खर्चिदा कुनै विकेट लिन सकेनन् ।
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]