6 years ago
March 12, 2019
एजेन्सी – क्रिकेटमा असम्भव केहि छैन । एकै ओभर, एकै खेलाडी अझै भनौं एकै बल र विकेटले पनि नतिजा बदल्न सक्छ । गत आइतबार भारतले प्रस्तुत गरेको ३ सय ५९ रनको विशाल लक्ष्य १३ बल अगाडीनै पछ्याउँदै अष्ट्रेलियाले सनसनी मच्चायो । त्यसमा नायक थिए एस्टन टर्नर ।
पिटर हेन्डस्कम्वले शतकीय इनिङ खेल्दा अष्ट्रेलियालाई अन्तिम १० ओभरमा ९८ रनको आवश्यक थियो । जसप्रित बुमराह, भुवनेश्वर कुमार, कुलदिप यादव र युजवेन्द्र चाहाल जस्ता भारतीय बलरबाट झन्डै प्रति ओभर १० मा रन बनाउन अष्ट्रेलियाका ब्याट्सम्यानलाई पक्कै सहज थिएन । ३७ ओभरको पहिलो बलमा आक्रामक छवीका लागि परिचित ग्लेन म्याक्सवेल २३ रनमा आउट भएपछि मैदान छिरेका टर्नरले विष्फोटक ब्याटिङ गर्दै खेलनै ‘टर्न’ गरे र कठिन देखिएको जितलाई सहज बनाए ।
टर्नरनले ४३ बलमा ६ छक्का र ४ चौका प्रहार गर्दै ८४ रनमा अविजित रहँदै खेलमात्र जिताएनन् सिरीज जित्ने आसा पनि कायम राखे । उक्त जितसँगै ५ खेलको सिरीज २-२ को बराबरीमा पुगेको छ । निर्णायक खेल आगमी बुधबार दिल्लीमा हुने छ ।
अष्ट्रेलियाको जितमा नायक बनेका एस्टन टर्नर को हुन् ?
६ फिट २ इन्च अग्ला कदका २६ वर्षिय युवा अलराउण्डर एस्टन टर्नरको जन्म सन् १९९३ जनवरी २५ मा अस्ट्रेलियाको पर्थमा भएको हो । तल्लोक्रममा ठूला शट र अफस्पिन बलिङ गर्ने उनको मुख्य विशेषता मानिन्छ । उनको पुरा नाम अस्टन जेम्स टर्नर हो । उमेर समूहमा १५ र १७ वर्षको टोलीको कप्तान हुँदै सन् २०१२ को यू-१९ विश्वकपमा अष्ट्रेलियाबाट पहिलो रोजाईको स्पिन अलराउणन्डरको रुपमा टोलीमा परेका थिए । प्रतियोगितामा ६ खेलमा ११ विकेट लिँदै भविष्यमा राम्रो गने सक्ने संकेत त्यसबेलाको प्रर्दशनबाटै अनुमान गरिएको थियो ।
उक्त यू–१९ विश्वकपमा एस्टनले नेपालविरुद्ध ५.५ ओभरमा २८ रन खर्चेर ४ विकेट लिनुका साथै १६ रन जोडेका थिए । टर्नरको उत्कृष्ट प्रर्दशनमा अष्ट्रेलियाले नेपाललाई २ सय १२ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । टर्नरले सन् २०१३ मा ससेक्सविरुद्ध अष्ट्रेलियाको फस्ट कलास (प्रथम श्रेणी) मा डेब्यू गरेका थिए । सन् २०१३ फेब्रुअरी १९ मा वेस्ट अष्ट्रेलियाविरुद्ध तस्मिनियाबाट लिष्ट ए मा डेब्यू गर्दै ५१ रन बनाउनुको साथै १ विकेट लिए ।
ठूला सट प्रहार गर्न माहिर टर्नरले सन् २०१७–१८ को विग ब्यासमा पर्थ स्कोचर्सबाट ११ खेलबाट १ सय ६० भन्दा माथिको स्ट्राइक रेटमा ब्याटिङ गर्दै ३१.५० को औसतमा २ सय ५२ रन जोडेका थिए । सन् २०१६ मा मोरहाउसेस टी–२० प्रतियोगितामा मा ८८.५ को औसतमा ५३१ र उत्कृष्ट प्रर्दशन नट आउट १२३ रहेपछि टर्नरलाई सन् २०१७ मा श्रीलंकासँगको टि२० सिरीजको लागि अष्ट्रेलिया क्रिकेट बोर्डले टोलीमा मौका दिएको थियो ।
टर्नरले सन् २०१७ फेब्रुअरी १७ मा श्रीलंकाविरुद्ध टी२० क्रिकेटमा डेब्यू गर्दै १८ रन बनाउनुको साथै २ विकेट लिन सफल भए । ओडीआई खेलमा भने यसै सिरीजको दौरानमा भारतसँगकै पहिलो खेलमा गत मार्च २ मा डेब्यू गर्दै २१ रनमा आउट भए । टर्नर दोस्रो र तेस्रो खेलमा भने बेन्चमा बस्नु पर्यो । चौथो खेलमा मार्कस स्टोइनिसलाई आराम दिँदै अष्ट्रेलियाले टर्नरलाई मैदान उतार्याे । जुन मौका टर्नरले खेर फालेनन् र आफुलाई प्रमाणित गरे । टर्नरले २ ओडीआई,५ टी–२० अन्तर्राष्ट्रिय,३९ प्रस्ट कलास र ३२ लिष्ट ए खेल खेलि सकेका छन् ।
आगमी मे ३० देखी जुलाई १४ सम्म इंग्ल्यान्डमा हुने एक दिवसिय विश्वकप अघि अन्तिम सिरीजको रुपमा अस्ट्रेलियाले पाकिस्तानसँग २२ देखी ३१ मार्चसम्म यूएईमा पाँच वान डे सिरीज खेल्दै छ । जसको प्रर्दशनबाट अष्ट्रेलियाले विश्वकप २०१९ को लागि आफ्नो टोली घोषणा गर्ने छ । बल टेम्परिङ काण्डका कारण एक वर्षे प्रतिबन्धमा परेका स्टिभ स्मिथ र डेविड वार्नरले पनि यसै विश्वकप मार्फत पुनरागमन गर्ने छन् ।
टर्नरको आइतबार चौथो खेलमा गरेको प्रर्दशनले उनको मात्र होइन अष्ट्रेलियाको पनि मनोबल र आत्माविश्वास बढेको छ । जुन आत्माविश्वास र लय आगमी विश्वकपसम्म अष्ट्रेलियाले जारी राख्नुपर्छ । यसो हुन सके सन् २०१५ को च्याम्पियन अष्ट्रेलियाले यसपटक पनि विश्वकपको उपाधि नजित्ला भन्न सकिन्न । यसका लागि पछिल्लो समय खेलाडीको प्रदर्शनले केहि विश्वास र आशा पलाएको छ ।
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]