default_image

9 years ago

April 27, 2016

एक्सपर्ट कलेज प्रिमियर लिग ट्वान्टी–२० क्रिकेट हुने

113 views

0 Bookmark

काठमाडौ – कञ्चनजंघा इन्टरनेसनल प्रालिले एक्सपर्ट कलेज प्रिमियर लिग ट्वान्टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वद्यिालयको मैदानमा शनिबार सुरु हुने प्रतियोगितामा १६ टोलीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

IMG_2873

प्रतियोगिता सम्बन्धी जानकारी दिदै आयोजक ।

नकआउटका आधारमा हुने प्रतियोगिता वैशाख २५ सम्म चल्नेछ । आयोजक कञ्चनजंगाले यसअघि कुरिनटारमा कर्पोरेट बिच क्रिकेट आयोजना गरेको थियो ।
प्रतियोगिताको विजेता टोलीले २ लाख र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विभिन्न पुरस्कार पनि राखिएका छन् ।
प्रतियोगितामा सिसीआरसी काठमाडौं, एसपिए धनगढी, नेपाल टुरिजम एन्ड होटेल म्यानेजमेन्ट पोखरा, सान्त्वना कलेज काठमाडौं, लर्डबुद्ध, काठमाडौं मेडिकल कलेजले प्रतिस्पर्धा गर्नेछन् ।
कञ्चनजंघाका प्रमुख कार्यकारी अधिकृत सुवास प्रधानका अनुसार ह्वाइट हाउस, एसएस कलेज कीर्तिपुर, सेन्ट जेभियर्स, प्लाटिनम कलेज, निम्स, केसिएम, पुल्चोक इन्जिनियरिङ, ट्रिटन कलेज, रिलायन्सको पनि सहभागिता निश्चित भइसकेको छ ।

March 9, 2025

अजयको ५ विकेटमा लुम्बिनी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]

March 9, 2025

दीपेन्द्रको ७ विकेटमा कर्णालीको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – दीपेन्द्र रावतको ७ विकेटको सहयोगमा कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कर्णालीले आइतवार सुदूरपश्चिम प्रदेशलाई ७९ रनले हराएको छ । १ सय ५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २१ ओभरमा सबै विकेट गुमाएर ७६ रनमा समेटियो । सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक २७ रन जोडे […]

March 9, 2025

कमलको ४ विकेटमा एपिएफको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – तीव्रगतिका बलर कमलसिंह ऐरीले ४ विकेट लिए पछि प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लबले विजयी सुरुवात गरेको छ । रुपेन्देहीको एस्ट्राटेक ओभलमा आइतवार एपिएफले बागमती प्रदेशलाई १ सय रनले पराजित गर्यो। १ सय ७५ रनको लक्ष्य पछ्याएको बागमती २८.२ ओभरमा ७४ रनमा समेटियो । बागमतीका लागि शुभ कसांकार […]

Success

Thank you for your time.