default_image

6 years ago

March 11, 2019

कराँची १ रनले विजयी हुँदा सन्दीपको लाहोर बाहिरियो

103 views

0 Bookmark

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम लाहोर कलन्दर्स पाकिस्तान सुपर लिग (पीएसएल)को समुह चरणबाटै बाहिरिएको छ ।

गएराती भएको खेलमा कराँची किंग्सले क्वेटा ग्याडियटर्सलाई १ रनले पराजित गरेपछि लाहोरको अघिल्लो चरणको सम्भावना सकिएको हो । १ सय ९१ रनको लक्ष्य पक्ष्याएको क्वेटा ग्याडियटर्सले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८९ रन बनाएपछि कराँची प्ले अफमा पुग्दा लाहोर बाहिरिनु परेको हो । लाहोरले आज अन्तिम खेल मुल्तान सुल्तानसँग खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो २ः४५ मा कराँचीमा हुने छ । यी दुबै टोली समुह चरणबाटै बाहिरि सकेको अवस्थामा दुवैलाई आजको खेल प्रतिष्ठाको लडाईंमात्र हुने छ ।

क्वेटा ग्ल्याडीयटर्सले १० खेलमा ७ मा जित र ३ मा हारका साथ १४ अंक जोड्दै शिर्ष स्थानमा रहँदै क्वालिफायरमा प्रवेश गरि सकेको छ । पेशवार जाल्मीले ९ खेलमा ६ मा जित र ३ मा हार ब्योहोर्दै १२ अंकका साथ दोस्रो स्थानमा रहँदै प्ले अफमा स्थान पक्का गरेको छ । तेस्रो स्थानमा रहेको ईस्लामवाद युनायईटेडले १० खेलमा समान ५ मा जित र ५ मा हारका साथ १० अंक जोडेको छ ।

कराँची किंग्सले ९ खेलमा ५ मा जित र ४ मा हारका साथ १० अंक जोड्दै चौथो स्थानमा छ । यता समुह चरणबाटै बाहिरी सकेको लाहोरले ९ खेलमा ६ मा जित र ३ का हारका साथ पाँचौ र मुस्तान सुल्तान समान खेलबाट ७ मा हार २ मा जितका साथ पुछारमा छन् । सन्दीपले जारी पिएसएलमा ६ खेलमा ११ विकेट आफ्नो नाममा लेखाएका छन् । अन्तर्राष्ट्रिय फे्रन्चाइज लिगहरु खेल्न भ्याई नभ्याई रहेको सन्दीप पिएसएलपछि मार्च २३ देखी सुरु हुने आईपीएल खेल्न दिल्ली जाने छन् ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.