6 years ago
March 11, 2019
एजेन्सी – वेस्ट इन्डिजसँगको तीन टि२० श्रृंखला पाहुना टोली इंग्ल्यान्डले क्लिनस्विप गरेको छ । अन्तिम खेलमा वेस्ट इन्डिजलाई ८ विकेटले हराउँदै इंग्ल्यान्डले श्रृंखला ३-० ले जितेको छ ।
सामान्य ७२ रनको लक्ष्य इंग्ल्यान्डले १०.३ ओभरमा २ विकेटको क्षतिमा पुरा गर्यो । इंग्ल्यान्डका लागि ओपनर जोनी बेस्ट्रोले ३१ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३७,एलेक्स हेल्स २० रनमा आउट हुँदा कप्तान ईयोन मोर्गन १० र जो रुट ४ रनमा अविजित रहे । वेस्ट इन्डिजका कप्तान जोसन होल्डर र देवेन्द्र विशुले एक एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको वेस्ट इन्डिजले इंग्ल्यान्डको कसिलो बलिङ सामु १३ ओभरमा अल आउट हुँदै ७१ रनमा समेटियो । वेस्ट इन्डिजका लागि जोहन क्यापवेल,जोसन होल्डर,निकोलस पुरनले समान ११ र आबेद म्याकोयले १० रन जोड्न बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
इंग्ल्यान्डका डेविड वेल्लीले ३ ओभरमा ७ रन खर्चेर ४ विकेट लिए । त्यस्तै मार्क वुडले ३,आदिल राशिदले २ र जो डेनलीले १ विकेट लिए । यस भन्दा अघि पहिलो खेलमा इंग्ल्यान्ड ४ विकेट र दोस्रो खेलमा १ सय ३७ रनले विजयी भएको थियो ।
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा बंगलादेशविरुद्धको खेलमा न्युजिल्याण्डले टस जितेको छ । पाकिस्तानमा रहेको रावलपिण्डी क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्याण्डका कप्तान मिचेल सान्टनरले बलिङ रोजेका हुन् । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का गर्न चाहान्छ । पहिलो खेलमा भारतसँग […]