6 years ago
March 10, 2019
एजेन्सी – ओपनर क्विन्टन डी ककले उत्कृष्ट शतक प्रहार गरेपछि दक्षिण अफ्रिकाले तेस्रो वान डे खेलमा श्रीलंकालाई ३ सय ३२ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङ थालेको अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ३१ रन बनायो । वान डे करियरको १४ औं शतक प्रहार गरेका क्विन्टनले १ सय ८ बलमा १६ चौका र २ छक्का प्रहार गदैं १ सय २१ रन बनाए । अफ्रिकाका रस्सी भार डर डुसेन ५०, कप्तान फाफ डु प्लेसिस ३६, डेविड मिलर ४१,एन्डिले फेहलुकवेओ ३८ र डयनी प्रिटोरियसले ३१ रन जोडे ।
श्रीलंकाका लागि इसुरु उडानाले २ तथा लासिथ मलिङ्गा, कसुन रजिथा र कमिन्डु मेन्डिसले समान एक एक विकेट लिए । पाँच खेलको ओडीआई सिरीजमा अफ्रिकाले २-० को अग्रता लिएको छ ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]