6 years ago
March 10, 2019
कराँची – क्यामरन डेलपोर्टको शतक र फहिम अशराफो ६ विकेटसँगै इस्लामबाद युनाइटेड पाकिस्तान सुपर लिग (पिएसएल) को प्ले अफमा पुगेको छ ।
शनिबार राती सम्पन्न खेलमा लाहोर कलन्दर्सलाई ४९ रनले पराजित गर्दै इस्लामावादले प्ले अफमा स्थान पक्का गरेको हो । २ सय ३९ रनको विशाल लक्ष्य पछ्याएको कलन्दर्सले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८९ रन बनायो । उसका लागि सोहेल अख्तरले सर्वाधिक ७५ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । अख्तरले ३४ बलमा ५ छक्का र ८ चौका प्रहार गर्दै हारको रन अन्तर घटाए ।
त्यस्तै ओपनर तथा कप्तान फकार जमानले २० बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ३८ रन जोडे । एनटोन डेभिच १८,डेविड विसा १२ र रिकी वेसल्स २० रनमा आउट भए । सन्दीपले ८ बलमा ६ रनमा अविजित रहे । घातक बलिङ गरेका फहिम अशराफले ४ ओभरमा १९ रन खर्चेर ६ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको ईस्लामबादले २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ३८ रन बनाएको थियो । ईस्लामबादलाई फराकिलो योगफल तयार पार्न क्यामरन डेलपोर्टले १ सय १७ रनको अविजित सानदार पाली खेले । क्यामरनले मात्र ६० बलमा ६ छक्का र १३ चौका प्रहार गरे । त्यस्तै चाडविक वाल्टनले ३० बलमा ४ छक्का २ चौका सहित ४८ रन जोडे ।
फिलिप साल्ट १० रनमा आउट हुँदा अन्तिमतिर आसिफ अलीले विश्फोटक ब्याटिङ गर्दै मात्र २१ बलमा ६ छक्का र ३ चौका प्रहार गर्दै ५५ रनमा नट आउट रहे । लाहोरका लागि डेविड विसा,शाहिन शाह अफ्रिदी र सन्दीप लामिछानले समान एक विकेट लिन बाहेक अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् । खराव प्रर्दशन गरेका सन्दीपले ४ ओभरमा ४६ रन खर्चेर १ विकेट लिए ।
यो जितसँगै ईस्लामबाद १० खेलबाट समान पाँचमा जित र हारका साथ १० अंक जोड्दै प्ले अफमा पुगेको छ । ९ खेलबाट ६ मा हार र ३ मा जितका साथ पाँचौ स्थानमा रहेको लाहोरको अघिल्लो चरणको संभावना लगभग सकिएको छ । झिनो अंक अगणितीय संभावना बाँकी रहेको लाहोरले अन्तिम खेलमा मुल्तान सुल्तानलाई फराकिलो अन्तरले पराजित गर्न सके र कराँची किंग्सले बाँकी दुबै खेल फराकिलो अन्तरले हारेको खण्डमा नेट रन रेटका आधारमा नाटकीय रुपमा प्ले अफ प्रवेश गर्ने छ । लाहोरले सुल्तानसँग सोमबार खेल्ने छ ।
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा बंगलादेशविरुद्धको खेलमा न्युजिल्याण्डले टस जितेको छ । पाकिस्तानमा रहेको रावलपिण्डी क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्याण्डका कप्तान मिचेल सान्टनरले बलिङ रोजेका हुन् । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का गर्न चाहान्छ । पहिलो खेलमा भारतसँग […]