default_image

6 years ago

March 9, 2019

सन्दीपको लाहोरलाई २ सय ३९ रनको विशाल लक्ष्य

85 views

0 Bookmark

कराँची – क्यामरन डेलपोर्टले सानदार शतक प्रहारगरेपछि पाकिस्तान सुपर लिग (पिएसएल) मा ईस्लामवाद युनाइटेडले सन्दीपको टिम लाहोर कलन्दर्सलाई २ सय ३९ रनको विशाल लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ थालेको ईस्लामबादले निर्धारित २० ओभरमा मात्र ३ विकेटको क्षतिमा २ सय ३८ रन बनायो । महँगो सावित भएका सन्दीपले ४ ओभरमा ४६ रन खर्चेर १ विकेट लिए ।

ईस्लामबादलाई फराकिलो योगफल तयार पार्न क्यामरन डेलपोर्टले १ सय १७ रनको अविजित सानदार पाली खेले । क्यामरनले मात्र ६० बलमा ६ छक्का र १३ चौका प्रहार गरे । त्यस्तै चाडविक वाल्टनले ३० बलमा ४ छक्का २ चौका सहित ४८ रन जोडे ।

फिलिप साल्ट १० रनमा आउट हुँदा अन्तिमतिर आसिफ अलीले विश्फोटक ब्याटिङ गर्दै मात्र २१ बलमा ६ छक्का र ३ चौका प्रहार गर्दै ५५ रनमा नट आउट रहे । लाहोरका लागि डेविड विसा,शाहिन शाह अफ्रिदी र सन्दीप लामिछानले समान एक विकेट लिन बाहेक अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् । अघिल्लो चरणको यात्रा कायमै राख्न लाहोरलाई फराकिलो जितको आवश्यक छ ।

March 21, 2025

एपिएफले सुदूरपश्चिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]

March 21, 2025

नवाजको शतकमा पाकिस्तानको सहज जित

एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]

Success

Thank you for your time.