6 years ago
March 9, 2019
एजेन्सी – अस्ट्रेलियासँगको पाँच खेलको ओडीआई सिरीजको लागि पाकिस्तान क्रिकेट बोर्डले प्रमुख खेलाडीलाई आराम दिँदै १६ सदस्यीय टोली घोषणा गरेको छ ।
घोषणा गरेको टोलीमा चार खेलाडीले पहिलो पटक ओडीआई टिममा मौका पाएका छन् । नियमित कप्तान सरफराज अहमदलाई आराम दिदैं शोएब मालिकलाई कप्तानको भूमिका दिएको छ । तीब्र गतिका बलर मोहम्मद आमिरले कमब्याक गरेका छन् । पाकिस्तानले मोहम्मद अब्बास,आबिद अली,साद अली,र मोहम्मद हसनलाई पहिलो पटक ओडीआई टिममा समेटेको छ ।
प्रमुख खेलाडी सरफराज अहमद,बाबर आज़म,फकर जमान,हसन अली,शादाब खान र शाहीन शाह अफ्रिदीलाई आराम दिएको छ । मोहम्मद हफीज चोटको कारण टिम बाहिर रहेका छन् । अस्ट्रेलियासँग पाकिस्तानले क्रमश : २२, २४, २७, २९ र ३१ मार्चमा खेल खेल्ने छ ।
पाकिस्तान टोली : शोएब मलिक (कप्तान), आबिद अली, फहीम अशरफ, ह्यारिस सोहेल, इमाद वसिम, इमाम उल हक,जुनैद खान,मोहम्मद अब्बास, मोहम्मद आमिर, मोहम्मद हसन, मोहम्मद रिजवान (विकेटकीपर), साद अली, शान मसूद, उमर अकमल, उस्मान शिनवारी र यासिर शाह ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]