6 years ago
March 9, 2019
एजेन्सी – भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सौरव गांगुलीले मे ३० देखी जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा हुने विश्वकपको भारतीय टिममा अलराउणन्डर रविन्द्र जडेजा आवश्यक नरहेको बताएका छन् ।
‘जडेजाको स्थानमा भारतलाई एक उत्कृष्ट अलराउण्डर चाहिएको छ । विजय शंकरले अष्ट्रेलियासँगको सिरीजमा सुरुवाती खेलमा राम्रो खेली रहेका छन् । मेरा विचारमा अलराउण्डरको रुपमा रविन्द्रको ठाउँमा विजय शंकरनै हकदार छन्, ‘ गांगुलीले संचारमाध्यम पीटीआईसँग भने।
गांगुलीका अनुसार महेन्द्र सिंह धोनीले राम्रो प्रर्दशन गरे उमेरका कारण नै विश्वकपपछि सन्न्यास लिनैपर्छ भन्ने पनि नरहेको बताए । गांगुलीले विश्वकपमा भारतीय तीव्र गतिको बलरमा क्रमश: जसप्रित बुमराह, मोहम्मद शामी, भुवनेश्वर कुमार र उमेश यादवलाई मौका दिनुपर्ने बताए । गांगुलीले ओपनिङ्ग जोडीका रुपमा रोहित शर्मा र शिखर धवनलाई नै खेलाउनु पर्ने विचार राखेका छन् ।
गांगुलीले ब्याटिङ क्रममा विराट कोहली तीन,अम्बाती रायुडु चार,महेन्द्रसिंह धोनी पाँच र केदार जाधव छैटौं नम्बरमा उतार्नु पर्ने बताए । भारतले दक्षिण अफ्रिकासँग जुन ५ मा खेल्दै विश्कपको सुरुवात गर्ने छ । यस पटक भारतलाई विश्वकपमा प्रमुख दावेदार मानिएको छ ।
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको १ खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । आइतवार भएको खेलमा बंगलादेशलाई ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड भारतविरुद्धको खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो । पराजित बंगलादेश १ खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ । यस समूहमा रहेको भारतले सेमिफाइनलमा स्थान बनाउँदा पाकिस्तान पनि बाहिरिएको छ […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]