default_image

6 years ago

March 9, 2019

च्यारिटी खेल : दिपेन्द्रको अर्धशतकमा पारस-११ विजयी

107 views

0 Bookmark

हेटौंडा (हाम्रो खेलकुद) – मकवानपुरका पूर्व क्रिकेट खेलाडी तथा प्रशिक्षक निरज श्रेष्ठको सहयोगार्थ भएको च्यारिटी खेलमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान पारस खड्काको कप्तानीमा रहेको पारस-११ ले निरज-११ लाई २ विकेटले पराजित गरेको छ ।

शनिबार हुप्राचौर मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको निरज-११ ले निर्धारित २० ओभरमा १ सय ७१ रन जोडेको थियो । जवाफमा पारस-११ का लागि दिपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गर्दै २ बल बाँकी रहँदा २ विकेटको जित दिलाए । एक समय ५६-५ को निकै कमजोर स्थितिमा रहेको पारस-११ का लागि सोमपाल कामी र दीपेन्द्रले उत्कृष्ट साझेदारी गरे । नवौं विकेटका लागि ७८ रनको साझेदारी गर्ने क्रममा सोमपालले २९ रन जोडे । दिपेन्द्रले नटआउट ६२ रनको योगदान दिए ।

मकवानपुरका पूर्व खेलाडी निरज श्रेष्ठ रक्त क्यान्सरले ग्रसित रहेको अवस्थामा उनको उपचारार्थ च्यारिटी खेलको आयोजना गरिएको थियो । खेल दौरान विभिन्न संघ संस्था तथा व्यक्तित्व हरुले नगद सहयोग गरेका थिए । यसक्रममा कप्तान पारस खड्काले व्यक्तिगत २५ हजार रुपैयाँ सहयोग गरेका थिए । फुटबल खेलाडीद्वय रन्जन र अन्जन विष्टले पनि १० हजार रुपैयाँ सहयोग गरे । अन्य खेलाडीहरुले पनि व्यक्तिगत सहयोग गरेका छन् ।

निरज-११ टोलीमा मकवानपुरको स्थानीय खेलाडीहरुको उपस्थिति रहेको थियो । टोलीको कप्तानी रामनरेश गिरीले गरेका थिए । यता पारस-११ टोलीमा भने राष्ट्रिय टोलीका खेलाडीका साथै फुटबल खेलाडीद्वय रन्जन र अन्जन विष्ट रहेका थिए । पारस-११ बाट सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, ललित नारायण राजवंशी, अनिलकुमार शाह, अमित श्रेष्ठ, महबुब आलम, आरिफ शेख, सन्दीप जोरा, अमित श्रेष्ठ, अनिल मण्डल लगायतले खेलेका थिए ।

मकवानपुर क्रिकेट एकेडमी, मकवानपुर जिल्ला क्रिकेट संघ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा भएको च्यारिटी खेलमा अन्य कला क्षेत्रका व्यक्तित्वहरुले पनि आफ्नो प्रस्तुति दिएका थिए ।

February 24, 2025

न्युजिल्याण्डविरुद्ध बंगलादेशको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]

February 24, 2025

कैलाली प्रिमियर लिग – सेमिफाइनल समिकरण पूरा

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]

February 24, 2025

न्युजिल्याण्डले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीमा बंगलादेशविरुद्धको खेलमा न्युजिल्याण्डले टस जितेको छ । पाकिस्तानमा रहेको रावलपिण्डी क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्याण्डका कप्तान मिचेल सान्टनरले बलिङ रोजेका हुन् । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का गर्न चाहान्छ । पहिलो खेलमा भारतसँग […]

Success

Thank you for your time.