default_image

6 years ago

March 9, 2019

कडा सुरक्षाकाबीच पाकिस्तानमा पीएसएल खेल्दै सन्दीप

115 views

0 Bookmark

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने कडा सुरक्षाका साथ पाकिस्तानको कराँचीमा पाकिस्तान सुपर लिग (पीएसएल) खेल्दै छन् ।

सन्दीपको टिम लाहोर कलन्दर्सले आज ईस्लामबाद युनाइटेडसँग खेल्दै छ । खेल नेपाली समय अनुसार बेलुका ७ः४५देखी कराँचीमा सुरु हुनेछ । पाकिस्तानमा उच्च सुरक्षा ब्यवस्था अपनाइएको छ । सन् २००९ मा श्रीलंका क्रिकेट खेलाडीमाथि बम प्रहार भएदेखी पाकिस्तानले युएईलाई आफ्नो घरेलु मैदान बनाउदै आएको छ ।

पछिल्लो दुई वर्ष यता पाकिस्तानले पाकिस्तानमै अन्तर्राष्ट्रियखेलहरु खेलाउन खोजि रहेको छ । सुरक्षाको कारण देखाउँदै पाकिस्तानमा क्रिकेट खेल्न अन्य देशहरु अस्विकार गर्दै आएका छन् । पाकिस्तानमा क्रिकेट खेल्न सुरक्षित छ भन्ने सन्देश दिन पाकिस्तानले पिएसएलका बाँकी खेल कराँचीमा गराउँन लागेको हो । गत वर्षको पिएसएलको फाइनल पनि पाकिस्तानमै भएको थियो । सन् २०१८ मा अप्रिलमा वेस्ट इन्डिजले पाकिस्तानमै ३ टी-२० सिरीज खेलेको थियो ।

यता सन्दीपको टिम लाहोरको अघिल्लो चरणको झिनो अंकगणीतिय संभावना मात्र बाँकी रहेको छ । ८ खेलमा ३ मा जित र ५ मा हारका साथ ६ अंक जोड्दै पाँचौ स्थानमा रहेको लाहोरले बाँकी दुबै खेल फराकिलो अन्तरले जित्न सके र अन्य टोलीको नतिजा आफु अनुकुल आएमा मात्र नाटकीय रुपमा अघिल्लो चरण प्रवेश गर्ने छ । अन्यथा समुह चरणबाटैबाहिरिने छ ।

त्यस्तै इस्लामबाद ९ खेलमा ४ मा जित र ५ मा हारका साथ ८ अंक जोड्दै तेस्रो स्थानमा छ । अघिल्लो चरण बलियो बनाउन इस्लामबादलाई पनि जित्न पर्ने दववा हुने छ । मोहम्मद सामी कप्तान रहेको इस्लामबादमा हुसेन ट्यालेट, जाहिर खान, सादव खान, लोकी रोन्ची, फहिम असरार्फ, आसिफ अलीजस्ता क्रिकेटर छन् ।

अघिल्लो खेलमा पेशावर जाल्मीसँग खराव प्रर्दशन गरेका सन्दीपले जारी पिएसएलमा ५ खेलमा १८.१ ओभर बलिङ गर्दै १० विकेट आफ्नो नाममा लेखाएका छन् । अन्तर्राष्ट्रिय फे्रन्चाइज लिगहरु खेल्न भ्याई नभ्याई रहेको सन्दीप पिएसएलपछि मार्च २३ देखी सुरु हुने आईपीएल खेल्न दिल्ली जाने छन् ।

February 24, 2025

न्युजिल्याण्डविरुद्ध बंगलादेशको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]

February 24, 2025

कैलाली प्रिमियर लिग – सेमिफाइनल समिकरण पूरा

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]

February 24, 2025

न्युजिल्याण्डले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीमा बंगलादेशविरुद्धको खेलमा न्युजिल्याण्डले टस जितेको छ । पाकिस्तानमा रहेको रावलपिण्डी क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्याण्डका कप्तान मिचेल सान्टनरले बलिङ रोजेका हुन् । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का गर्न चाहान्छ । पहिलो खेलमा भारतसँग […]

Success

Thank you for your time.