default_image

6 years ago

March 9, 2019

वेस्ट इन्डिज ५० रन नपुग्दै अलआउट!

101 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डसँगको दोस्रो टी-२० खेलमा घरेलु टोली वेस्ट इन्डिजले १ सय ३७ रनले पराजित हुँदै लज्जास्पद हार बेहोरेको छ ।

इंग्ल्यान्डले प्रस्तुत गरेको १ सय ८३ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिज ११.५ ओभरमा अल आउट हुँदै मात्र ४५ रन समेटियो । वेस्ट इन्डिजले टी२० क्रिकेटमा इतिहासमै बनाएको सबैभन्दा कम तथा टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो कम योगफल हो । सबैभन्दा कम नेदरल्यान्ड ३९ र तेस्रो स्थानमा नेपाल ५३ रनमा अलआउट भएको रेकर्ड छ ।

वेस्ट इन्डिजका लागि शिम्रण हिटमर र कार्लोस बर्थवेटले समान १० रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । ७ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न नसक्दा २ डक आउट भए । इंग्ल्यान्डलाई फराकिलो जित दिलाउन क्रिस जोर्डनले २ ओभरमा ६ रन खर्चेर ४ विकेट लिए । त्यस्तै आदिल राशिद, लियाम प्लंकेट र डेविड विल्लीले समान दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८२ रन बनायो । इंग्ल्यान्डलाई विशाल योगफल तयार पार्न युवा खेलाडी साम बिलिङ्ग्सले विश्फोटक ब्याटिङ गर्दै ४७ बलमा १० चौका र ३ छक्का प्रहार गर्दै ८७ रनको योगदान दिए । बिलिङ्ग्स म्यान अफ द म्याच पनि चुनिए ।

त्यस्तै जो रुटले ५५, जोनी बस्टो १२,डेविड विल्ली १३ र एलेक्स हेल्स ८ रन जोडे । वेस्ट इन्डिजको लागि फेबियन ऐलीन २ विकेट लिए । जितसँगै इंग्ल्यान्डले तीन टि २० श्रृंखला २-० ले एक खेल अगावै जितेको छ । पहिलो खेलमा इंग्ल्यान्ड ४ विकेटले विजयी रहेको थियो । अन्तिम खेल ११ मार्चमा हुने छ ।

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.