6 years ago
March 9, 2019
एजेन्सी – भारतीय क्रिकेट टिमका उत्कृष्ट विकेटकीपर तथा फिनिसर महेन्द्रसिंह धोनीले अष्ट्रेलियासँगको बाँकी दुई खेल नखेल्ने भएका छन् ।
पाँच वान डे सिरीज अन्तर्गत शुक्रबार तेस्रो खेलमा भारत पराजित भएपछि बाँकी दुई खेलमा धोनीलाई विश्राम दिदै युवा खेलाडी ऋषभ पन्तलाई मौका दिन लागेको कप्तान विराट कोहलीले बताएका छन् । तेस्रो खेलमा कप्तान विराट कोहलीले १ सय २३ रन बनाउँदा पनि भारत पराजित भएपछि पछिल्ला दुई खेलमा खराब प्रर्दशन गरेका धोनीलाई आराम दिने कप्तान कोहलीले जनाएका छन् ।
राँचीको खेलनै धोनीको वान डे करियरमा भारतीय मैदानमा अन्तिम घरेलु खेल हुन सक्छ । भारतले यसपछि विश्वकप खेल्ने छ । धोनीले विश्वकपपछि सन्न्यास लिने उच्च संभावना छ । सन् २०१८ मा खराब प्रर्दशन गरेका धोनीले सन् २०१९ मा भने उत्कृष्ट प्रर्दशन गर्दै विश्वकपको लागि आफ्नो स्थान पक्का गरेका छन् । सन् २०१९ मा धोनीले ८ खेलमा ८१.७५ को औसतमा ३ सय २७ रन जोडी सकेका छन् । जसमा ४ अर्धशतक सामेल छ ।
अष्ट्रेलियासँगको जारी सिरीजमा पहिलो खेलमा अविजित ५९ रनको अविजित पारी खेल्दै खेल जिताएका धोनी दोस्रोमा डक र तेस्रो खेलमा २६ रनमा आउट हुन पुगे । भारत र अष्ट्रेलियाबीच चौथो आइतबार र अन्तिम तथा पाँचौ खेल मार्च १३ मा हुने छ । श्रृंखलामा भारत २-१ ले अघि छ ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]