6 years ago
March 8, 2019
एजेन्सी – कप्तान विराट कोहलीको सानदार शतकका बाबजुद भारत अष्ट्रेलियासँग तेस्रो वान डे खेलमा ३२ रनले पराजित भएको छ । ३ सय १४ रनको विशाल लक्ष्य पछ्याएको भारत ४८.२ ओभरमा अल आउट हुँदै २ सय ८१ रनमा समेटियो ।
भारतका लागि कप्तान कोहलीले करियरको ४१ औं शतक प्रहार गरेपनि अन्य खेलाडीको राम्रो साथ नपाउँदा भारत पराजित हुन पुग्यो । कोहलीले ९५ बलमा १६ चौका र १ छक्का प्रहार गर्दै १ सय २३ रन बनाएपनि जितको लागि पर्याप्त भएन । कोहलीलाई एडम जाम्पाले ३८ ओभरको तेस्रो बलमा बोल्ड गरेका थिए ।
भारतको सुरुवातनै खराब रह्यो । ओपनर शिखर धवन १, रोहित शर्मा १४ र आम्बाती रायडू २ रनमा पेभिलिएन फर्केपछि ६.२ ओभरमा २७-३ को कमजोर अवस्थामा पुगेको थियो । कोहलीले एक तर्फबाट रन जोड्दा अर्को तर्फबाट महेन्द्रसिंह धोनी र केदार जाधव समान २६ रनमा आउट भएपछि भारत दवावमा पर्यो ।
धोनी र जाधव दुबैलाई एडम जाम्पाले आउट गरेका थिए । विजय शंकर ३२,रविन्द्र जडेजा २४,मोहम्मद शामी ८ र कुलदिप यादव १० रनमा आउट भए । एडम जाम्पा, प्याट कमिन्स र झेय रिचड्सनले समान ३ विकेट लिदा नाथन लायनको नाममा १ विकेट रह्यो ।
त्यस अघि राँचीमा टस हारेर पहिला ब्याटिङ थालेको पाहुना टोली अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय १३ रन बनाएको थियो । अष्ट्रेलियालाई विशाल योगफल तयार पार्न ओपनर उस्मान ख्वाजाले आफ्नो ओडीआई करियरकै पहिलो शतक प्रहार गरे । उनले १ सय १३ बलमा ११ चौका र १ छक्का प्रहार गर्दै १ सय ४ रनको महत्वपूर्ण योगदान दिए । त्यस्तै करियरको १२ औं शतक बनाउन ७ रनले चुकेका कप्तान आरोन फिन्चले ९९ बलमा ३ छक्का र १० चौका प्रहार गर्दै ९३ रन बटुले ।
ओपनर फिन्च र उस्मानले पहिलो विकेटका लागि १ सय ९३ रनको साझेदारी गर्दै अष्ट्रेलियालाई विशाल योगफल तर्फ लम्काएका थिए । यी दुईको साझेदारी ३१.५ ओभरमा कुलदीप यादवले फिन्चलाई एलबीडब्लू आउट गर्दै तोडेका थिए । त्यस्तै ग्लेन म्याक्सवेलले पनि आक्रमक रुपमा रन बटुले । म्याक्सवेलले ३१ बलमा समान ३ छक्का र चौका प्रहार गर्दै ४७ रन बनाए । शन मार्श ७,पिटर हेन्डस्कम्व डक आउट हुँदा मार्कस स्टोइनिस ३१ र एलेक्स करी २१ रनमा अविजित रहे ।
भारतका लागि कुलदिप यादवले ३ र मोहम्मद सामीले १ विकेट लिन बाहेक अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् । यो नतिजासँगै पाँच ओडीआई श्रृंखला २-१ को अवस्थामा पुगेको छ । यसअघि भारत ६ विकेट र ८ रनले विजयी भएको थियो । चौथो खेल आगमी आइतबार हुने छ ।
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा बंगलादेशविरुद्धको खेलमा न्युजिल्याण्डले टस जितेको छ । पाकिस्तानमा रहेको रावलपिण्डी क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्याण्डका कप्तान मिचेल सान्टनरले बलिङ रोजेका हुन् । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का गर्न चाहान्छ । पहिलो खेलमा भारतसँग […]