default_image

6 years ago

March 8, 2019

क्रिकेट खेलाडीको सहयोगार्थ कप्तान पारस च्यारिटी खेल खेल्दै

180 views

0 Bookmark

हेटौंडा (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालगायत राष्ट्रिय खेलाडीले शनिबार च्यारिटी खेलमा सहभागिता जनाउने भएका छन् । हेटौंडास्थित हुप्राचौर मैदानमा हुने खेलमा खेल क्षेत्र तथा कला क्षेत्रमा अन्य हस्तिहरुको पनि उपस्थिति रहनेछ ।

मकवानपुरका स्थानिय पूर्व क्रिकेट खेलाडी तथा प्रशिक्षक निरज श्रेष्ठको सहयोगार्थ च्यारिटी खेल अायोजना गर्न लागिएको हो । मकवानपुरमा क्रिकेट स्थापना गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका श्रेष्ठ ब्लड क्यान्सरबाट ग्रसित छन् । उनको दोस्रो पटक ‘बोन म्यारो ट्रान्सप्लान्ट’ गर्न लागिएको हो । ३५ वर्षीय श्रेष्ठ एक वर्षदेखि उपचाररत छन् । कार्यक्रम संयोजक अनुप सेनोरियाले सहयोग स्वरुप ५ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरिसकेका छन् ।

राष्ट्रिय टोलीका कप्तान पारस खड्काले एक खेलाडीको रुपमा क्रिकेटलाई मकवानपुर क्षेत्रमा स्थापित गर्ने व्यक्तित्वको सहयोग गर्न अाफू उपस्थित रहेको बताए । ‘ हामीसँग राष्ट्रिय स्तरमा खेल्ने रामनरेश गिरिको क्रिकेट अभिभावकको रुपमा वहाँलाई चिनेका थियौं । मकवानपुरमा क्रिकेट स्थापित गर्न वहाँको योगदान निकै ठूलो रहेछ । अहिले क्यान्सरबाट ग्रसित हुँदा हामीले अाफ्नो स्थानबाट सहयोगको अपिल गर्दैछौं, ‘ उनले भने, ‘ सकेसम्म धेरै रकम जम्मा होअोस् भन्ने हामीले चाहेका छौं । उठेको रकमले उपचार सफल होस् भन्ने कामना गर्दछु ।’

मकवानपुर सहयोगका लागि एकजुट रहने सन्देश दिन यस कार्यक्रम अायोजना गरिएको सहअायोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीका निरज सिंह ठकुरीले जानकारी दिए । ‘ मकवानपुरको क्रिकेटमा वहाँको योगदान निकै महत्वपूर्ण रहेको छ । पहिला खेलाडी र अहिले प्रशिक्षकका रुपमा वहाँले नै यस क्षेत्रमा क्रिकेट विकास गर्नुभएको हो । खेलक्षेत्रमा परेको अवस्थामा मकवानपुर एकजुट रहने सन्देश हामीले दिन खोजेका हौं,’ उनलेे भने । श्रेष्ठको प्रशिक्षणमा हुर्केका अनिलकुमार शाह, रामनरेश गिरि, रिजन ढकाल, लगायतले नेपालको सिनियर र उमेर समूह टोलीमा प्रतिनिधित्व गरिसकेका छन् ।

च्यारिटी खेल टि-२० पद्दतिमा खेलाइने छ ‌। सहयोगका लागि टिकट दर २ सय र २ हजार रुपैयाँ तोकिएको छ । विहान १० बजेबाट सुरु हुने खेलमा राष्ट्रिय फुटबल टोलीका स्टार खेलाडीद्वय अन्जन विष्ट र रन्जन विष्टसँगै कला क्षेत्रमा स्थापित सुजिल कर्माचार्य, विजय कार्की, विधा तिवारी, कमल क्षेत्री लगायतको पनि उपस्थिति रहनेछ ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.