default_image

6 years ago

March 8, 2019

राशीदको ब्याट र बल चल्दा अफगानिस्तान विजयी

127 views

0 Bookmark

एजेन्सी- स्पिनर राशिद खानले उत्कृष्ट अलराउन्ड प्रर्दशन गरेपछि आयरल्यान्डसँगको चौथो वान डे खेलमा अफगानिस्तान १ सय ९ रनले विजयी भएको छ ।

२ सय २४ रनको मध्यम लक्ष्य पछ्याएको आयरल्यान्ड ३५.३ ओभरमा अल आउट हुँदै १ सय १४ रनमा समेटियो । उसका लागि केभिन ओ ब्रायनले २६, सिमी सिंह २०, कप्तान विलियम पोर्टरफील्ड २१ र पल स्टिरलिंगले ११ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । आयरल्यान्डलाई सस्तैमा रोक्न अफगानिस्तानका आफ्तब आलमले घातक बलिङ गर्दै ८ ओभरमा २ मेडन सहित २५ रन खर्चेर ४ विकेट लिए । राशिद खान र मुजिव उर रहमानले समान दुई विकेट लिदा मोहम्मद नाविद र गुलवदिन नाबीको नाममा एक-एक विकेट रह्यो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले ४९.१ ओभरमा सबै विकेट गुमाएर २ सय २३ रन बनाएको थियो । अफगानिस्तानको लागि मोहम्मद नाविदले ८५ बलमा ६ चौका प्रहार गर्दै ६४, कप्तान अस्गर अफ्घानले ५४ र राशिद खानले ५२ रन जोडे । राशिदले ५८ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।

उत्कृष्ट अलराउण्डर प्रर्दशन गरेका राशिद “म्यान अफ द म्याच” समेत चुनिए । अन्य ब्याट्सम्यानले खासैराम्रो प्रर्दशन गर्न सकेनन् । आयरल्यान्डका लागि जेम्स क्यामरन डोवले ३,बोयर रनकिन र एन्डी म्याकब्रिनले समान दुई विकेट लिदा टिम मुर्तगले र जर्ज डोकरेलको नाममा एक-एक विकेट रह्यो ।

जितसँगै पाँच खेलमा ओडीआई श्रृंखलामा अफगानिस्तानले २-१ को अग्रता लिएको । पहिलो खेलमा अफगानिस्तान ५ विकेटले विजयी हुँदा दोस्रो खेल वर्षाको कारण रद्ध भएको थियो । तेस्रो खेलमा आयरल्यान्ड ४ विकेटले विजयी भएको थियो । पाँचौ तथा अन्तिम खेल आगमी आइतबार हुनेछ ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.