6 years ago
March 8, 2019
एजेन्सी – पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) लाई पाकिस्तान प्रिमियर लिग (पिएसएल) को फाइनल खेल हेर्न निमन्त्रणा पठाएको छ ।
पीसीवीका अध्यक्ष एहसान मनिले बिहीबार बीसीसीआईलाई मार्च १७ मा हुने पीएसएल फाइनल उपस्थित हुन निमन्त्रणा पठाएको इन्डिया टिभीले जनाएको छ । पछिल्लो तीन हप्ता यता भारत र पाकिस्तानबीच जम्मु कश्मीरको पुलवामामा भएको हमलापछि सम्बन्ध निकै बिग्रीएको बेला बिसीसीआईले निमन्त्रणा अस्विकार गरेको छ ।
पीसीबीले आईसीसीका अध्यक्ष शशांक मनोहर,बीसीसीआई कार्यवाहक अध्यक्ष सी के खन्ना तथा आईसीसी मुख्य कार्यकारी डेविड रिचर्डसनलाई फाइनल हेर्न पीसीबीले कराची बोलाएको थियो । मनोहर र खन्नाले अस्विकार गर्दा रिचड्सन भने फाइनल हेर्न कराची जाने भएका छन् । पिएसएल जारी छ । फाइनल खेल्ने टिमको टुंग्गो लाग्न बाँकी छ । नेपाली लेग स्पिनर सन्दीप लामिछानले लाहोर कलन्दर्सबाट पिएसएल खेली रहेका छन् ।
सन् २००९ मा श्रीलंका क्रिकेट खेलाडीमाथि भएको बम विस्फोटपछि पाकिस्तानमा अन्तर्राष्ट्रिय खेल गत वर्षमात्र भएको थियो । पाकिस्तानले यूएईलाई आफ्नो घरेलु मैदानको रुपमा प्रयोग गर्दै आएको छ । पिएसएलका बाँकी खेल अव पाकिस्तानमै हुने छन् । पाकिस्तान पिएसएल मार्फत पाकिस्तानमा क्रिकेट खेल्न सुरक्षित रहेको अन्तर्राष्ट्रिय समुदायलाई सन्देश दिन खोजिरहेको छ ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]