6 years ago
March 8, 2019
एजेन्सी – अष्ट्रेलियासँगको पाँच वान डे सिरीज अन्तर्गत भारतले तेस्रो खेल शुक्रबार खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो १:४५ देखी राँचीमा सुरु हुने छ ।
सिरिजमा भारतले २-० को अग्रता लिएको छ । तेस्रो खेल जितेको खण्डमा भारतले दुई खेल अगावै सिरीज ३-० ले जित्ने छ । भारत पनि यहि सोचका साथ मैदान प्रवेश गर्नेछ । सुरुवाती दुई खेल गुमाएको अष्ट्रेलियालाई सिरीज जित्ने आसा कायमै राख्न तेस्रो खेल जित्नै पर्ने रहनेछ । सुरुवाती दुई खेलमा आराम पाएका तीव्र गतिका बलर भुवनेश्वर कुमार टोली फर्किएका छन् । भुवनेश्वर टोलीमा फर्कंदा दोस्रो खेलमा खराब प्रर्दशन गरेका मोहम्मद शामी बेन्चमा बस्ने उच्च संभावना छ ।
यता ओपनर शिखर धवनको खराव प्रर्दशन भारतलाई चिन्ताको विषय बन्न पुगेको छ । एसिया कपमा सर्वाधिक रन बनाउने खेलाडी बनेका धवन त्यस यता भने कमजोर प्रर्दशन गर्दै आएका छन् । अष्ट्रेलियासँगको पहिलो खेलमा डक आउट भएका धवन दोस्रो खेलमा २१ रनमा पेभिलिनए फर्के । पछिल्लो १५ ओडीआई खेलमा धवनले २६.८५ को औसतमा मात्र २ अर्ध शतक सहित ३ सय ७६ रन बनाएका छन् ।
धवनले पछिल्ला १५ खेलमा क्रमश: ४, २९, ३५, ३८, ६, ०, ३२, २३, ७५*, ६६, २८, १३, ६, ० र २१ रन जोडेका छन् । धवनको प्रर्दशन सन्तोषजनक हुन सक्दा उनको स्थानमा केएल राहुललाई स्थान दिनु पर्ने आवज पनि उठ्न थालेको छ । तर विश्वकपसम्म भारतले रोहित शर्मा र धवनको जोडी नफेर्ने पक्का छ। विश्वकप अघि भारतको यो अन्तिम ओडीआई सिरीज पनि हो ।
दोस्रो खेलमा सानदार शतक प्रहार गरेका कप्तान विराट कोहली, रोहित शर्मा, महेन्द्रसिंह धोनी,अम्बाटि रायडू भारतका प्रमुख ब्याट्सम्यान हुन् । अष्ट्रेलियाले जित निकाल्न यी चार ब्याट्सम्यानलाई रोक्न आवश्यक छ। अन्यथा एक ब्याट्सम्यान मात्र चलेपनि भारतको जित सहज बन्न सक्छ । बलिङमा कुलदिप यादव, जसप्रित बुमराह, भुवनेश्वर कुमार अष्ट्रेलियाका ब्याट्सम्यानको लागि टाउको दुखाई बन्न सक्छन् ।
यता टी-२० सिरीज २-० जितेको अष्ट्रेलियाले ओडीआईमा भने कमजोर ब्याटिङ गरेको छ । कप्तान आरोन फिन्चको प्रर्दशनले अष्ट्रेलियालाई लगातार निराश बनाई रहेको छ । अष्ट्रेलियाको जितको लागि फिन्चकै प्रर्दशन सुधार हुन आवश्यक छ । तेस्रो खेलमा जित निकाल्न फिन्चसँगै ग्लेन म्याक्सवेल, शन मार्श, एलेक्स केरी, पिटर हेन्डस्कम्ब, एस्टन टर्नरसँगै शीर्षक्रमका ब्याट्सम्यान चल्न आवश्यक छ । मार्कस स्टोइनस र उस्मान खवाजाले प्रर्दशन सन्तोषजनक छ ।
दोस्रो खेलमा ४ विकेट लिएका तीब्र गतिका बलर प्याट कमिन्सलाई तेस्रो खेलमा जेसन बेहरेनडोर्फ, झेय रिचड्सन, एन्ड्रयू टाई र नाथन कुल्टन नाइल मध्य एकले साथ दिने छन् । एन्ड्रयू टाईले मौका पाउन सक्ने उच्च संभावना छ ।
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ मा रहेका दुवै बीचको खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा बंगलादेशविरुद्धको खेलमा न्युजिल्याण्डले टस जितेको छ । पाकिस्तानमा रहेको रावलपिण्डी क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्याण्डका कप्तान मिचेल सान्टनरले बलिङ रोजेका हुन् । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का गर्न चाहान्छ । पहिलो खेलमा भारतसँग […]