6 years ago
March 7, 2019
एजेन्सी – अष्ट्रेलियाका पूर्व खेलाडी शेन वार्नले मे ३० देखी जुल १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा हुने एक दिवसिय विश्वकप क्रिकेट अष्ट्रेलियाले जित्न सक्ने बताएका छन् ।
फक्स स्पोर्ट्ससँग कुरा गर्दै वार्नले भनेका छन्,’स्टिभ स्मिथ र डेविड वार्नरको एक सालको प्रतिबन्धका कारण अस्ट्रेलियाले खराब प्रर्दशन गरिरहेको छ । तर यी दुई खेलाडी टिममा फर्केपछि अस्ट्रेलियाले उत्कृष्ट प्रर्दशन गर्दै विश्वकप जित्न सक्छ । यी दुुई खेलाडीमा क्रिकेट प्रतिको भोक अत्याधिक छ,’ उनले थपे, ‘यही कारण म भन्छु की अष्ट्रेलिया विश्वविजेता बन्छ । दुवै खेलाडीलाई सुरुवातमा कठिन होला तर लय समात्न समय लाग्ने छैन ।’
गत वर्ष मार्चमा दक्षिण अफ्रिकासँगको तेस्रो टेस्टमा बल टेम्पिरिङ काण्डको कारण अस्ट्रेलिया क्रिकेट बोर्डले दुवै खेलाडीलाई १२ महिनाको प्रतिबन्ध लगाएको थियो । यी दुवैको प्रतिबन्ध मार्च ३० मा सकिनेछ । विश्कपकमा अष्ट्रेलियाले पहिलो खेल जुन १ मा अफगानिस्तानसँग खेल्दै सुरुवात गर्ने छ ।
अष्ट्रेलिया हाल भारत भ्रमणमा रहेको छ । पाँच ओडीआई अन्तर्गत सुरुवाती दुई खेल हारेको अष्ट्रेलिया तेस्रो खेल शुक्रबार खेल्दै छ । वार्नर र स्मिथको प्रतिबन्धसँगै अस्ट्रेलियाले ओडीआई सिरीज जित्न सकेको छैन । लगातार खराब प्रर्दशन गरि रहेको अवस्थामा अष्ट्रेलियन क्रिकेट समर्थक पनि यी दुवै खेलाडीको प्रतिबन्ध फुकुवाको प्रखाईमा छन् ।
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ मा रहेका दुवै बीचको खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा बंगलादेशविरुद्धको खेलमा न्युजिल्याण्डले टस जितेको छ । पाकिस्तानमा रहेको रावलपिण्डी क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्याण्डका कप्तान मिचेल सान्टनरले बलिङ रोजेका हुन् । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का गर्न चाहान्छ । पहिलो खेलमा भारतसँग […]