default_image

6 years ago

March 7, 2019

सोमपालले अमेरिकामा क्रिकेट खेल्ने

126 views

0 Bookmark

सुरज भण्डारी, अमेरिका

अमेरिका टेक्सस राज्यको ह्युष्टनमा हुने टु एक्स त्रिकेट युएसए कप प्रतियोगितामा नेपाली राइनोज क्रिकेट क्लबले सहभागिता जनाउने भएको छ । राइनोज सन् २०१६ मा भएको सो प्रतियोगिताको विजेता क्लब समेत हो ।

अमेरिका तथा अमेरिका बाहिर रहेका विभिन्न व्यवसायिक क्लबको सहभागिता रहने प्रतियोगिता मार्च २० देखि २४ सम्म संचालन हुनेछ । प्रतियोगिता ट्वान्टी ट्वान्टी ओभरमा खेलाइने भएपनि तर त्यसलाई टेष्ट शैलीमा लगिने गरिन्छ । २०/२० ओभरलाई प्रत्येक टोलीका २ पटक ब्याटिङ गर्ने गरी पहिला ब्याटिङ गर्नेले १० ओभर ब्याटिङ गरेपछि अर्को टोली ब्याटिङका लागि आउँछ । र फेरि सुरुमा ब्याटिङ गरेको टोलीले थप १० ओभर ब्याटिङ गरेर अर्को टोलीका लागि लक्ष्य दिने गर्दछ । त्यो लक्ष्य अर्को टोलीले त्यो लक्ष्य भेट्टाउन बाकी १० ओभर पाउदैं ब्याटिङका लागि आउछ ।

नेपालमा रहँदा अन्तराष्ट्रिय, राष्ट्रिय, क्षेत्रीय र स्थानीय प्रतियोगिताहरुमा सहभागिता जनाएका खेलाडीहरुको सक्रियतामा टेक्ससमा राइनोज क्रिकेट क्लब खुलेको हो । राइनोज कै नामबाट नेपालमा पनि क्लब स्थापना गरी विगतमा विभिन्न प्रतियोगितामा सहभागिता जनाइएको छ । सन् २०१६ मा युएसए कपको विजेता बन्दै क्लबले ६० हजार अमेरिकी डलर जितेको थियो ।

यसपटक भने प्रतियोगितामा आर्थिक कारण देखाउँदै पुरस्कारको रकम घटाइएको छ । अहिले विजेताले २० हजार अमेरिकी डलर र उपविजेताले १० हजार अमेरिकी डलर प्राप्त गर्ने बताइएको छ । सेमिफाइनलमा पुग्ने क्लब र विभिन्न व्यक्तिगत विधामा समेत पुरस्कृत गर्ने आयोजकले जनाएका छन् । जसका लागि कुल ५० हजार अमेरिकी डलर नगद पुरस्कारको व्यवस्था गरिएको बताइएको छ ।

सन् २०१६ मा राइनोजले उपाधि जित्दा सो क्लबवाट नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का, राष्ट्रिय टोलीका नियमित सदस्यहरु ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, वसन्त रेग्मी, सोमपाल कामी, सुभाष खकुरेल, पृथु बास्कोटा, सिद्दान्त लोहनी लगायतका खेलाडीहरुले खेल खेलेका थिए । अहिले पनि नेपालवाट कम्तिमा ३ राष्ट्रिय खेलाडी सहभागि गराएर प्रतियोगितामा सहभागिता जनाउने आफूहरुको योजना भएपनि विभिन्न प्राविधिक पक्षका कारण नेपाली राष्ट्रिय टोलीका एक जना सदस्य मात्रै अहिले क्लबबाट खेल्ने टिमका व्यवस्थापक आशिक लामाले जानकारी दिए ।

सन् २०१६ को राइनोज टोली

नेपाली राष्ट्रिय टोलीका सदस्य सोमपाल कामीले प्रतियोगितामा सहभागिता जनाउनेछन् । लामाका अनुसार अन्य राष्ट्रिय खेलाडीलाई प्राविधिक कारणले समावेश गर्न नसकिएको भएपनि क्लबको टिम उत्कृष्ट बनेको जनाए । क्लबवाट सोमपालका साथै नेपाली राष्ट्रिय टोलीका पूर्व सदस्यहरु कनिष्क चौगाई, सागर पन्त, राकेश कर्ण, वरदान चालिसे, वेष्टइन्डिजका सन फिन्डले, निकुरमा बोन्नर, दक्षिण अफ्रिकाका रस्टि थेरान, माइकल वेदफोर्ड,भारतका प्रथम श्रेणीको क्रिकेट खेल्ने सन्नी पटेल, सुशान्त मुदानी, पाकिस्तान यु १९ टोलीका सदस्य सायन जहानगिर, प्रयास पण्डित, सन्जय शर्मा, सुरैन विसी,आदित्य हारिहरा र ओस्कर बुढाथोकीले खेल्नेछन् ।

सन् २०१६ को पछिल्लो संस्करणको फाइनलमा ह्युुष्टन स्पार्कसलाई ५४ रनले पराजित गर्दै राइनोजले उपाधि जितेको थियो । त्यो बेला पारस खड्काले ७७ रनको पारी खेलेका थिए । ह्युष्टन स्पार्कसवाट कमरान अकमाल, सइज अजमल जस्ता खेलाडी खेलेका थिए । व्यवसायिक क्लबहरु बीचको प्रतिस्पर्धा रहने प्रतियोगितामा सहभागि हुने क्लबहरुवाट विभिन्न राष्ट्र राष्ट्रिय खेलाडीहरुले समेत सहभागिता जनाउने गर्दछन् ।

टुएक्स युएसए कप लगायत विभिन्न प्रतियोगितामा सहभागिता जनाउनुका साथै क्लबको तर्फबाट क्रिकेटसँग जोडिएर नियमित क्रियाकलापहरु भैरहने क्लबका संस्थापक मध्येका एक सागर पन्तले बताए । क्लबलाई व्यवसायिक क्लबको रुपमा विकास गर्ने अभियानमा आफूहरु सक्रिय रहेको र नेपालको क्रिकेट विकासमा समेत विभिन्न माध्यमवाट सहकार्य गर्न आफुहरु तयार रहेको जनाए ।

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

March 18, 2025

कोशीविरुद्ध कर्णालीको मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]

March 18, 2025

गण्डकीविरुद्ध बागमतीको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ । बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो । […]

Success

Thank you for your time.