6 years ago
March 7, 2019
एजेन्सी – दक्षिण अफ्रिकासँगको दास्रो वान डे खेलमा श्रीलंकाले लज्जास्पद हार ब्योहोरेको छ । बुधबार राती सम्पन्न खेलमा श्रीलंका १ सय १३ रनले पराजित भएको हो ।
दक्षिण अफ्रीकाले प्रस्तुत गरेको २ सय ५२ रनको लक्ष्य पछ्याएको श्रीलंकाले कसिलो बलिङसामु ३२.२ ओभरमा अलआउट हुँदै १ सय ३८ रन मात्र बनायो । उसका लागि ओशद फ्रनान्डोले सर्वाधिक ३१ रन जोडे । कुशल मेन्डिस २४, थिसेरा परेरा २३, धनन्जय डी शिल्भा १५ र अभिष्का फ्रनान्डोले १० रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । अफ्रिकालाई सहज जित दिलाउन कागिसो रबाडाले ३ तथा लुंगी निडी, इमरान ताहिर र एनरिच नोर्टजेले समान दुई-दुई विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको दक्षिण अफ्रिका ४५.१ ओभरमा अल आउट हुँदैं २ सय ५१ रनमा समेटिएको थियो । अफ्रिका लागि म्यान अफ द म्याच समेत चुनिएका ओपनर क्विन्टन डी ककले ७० बलमा १७ चौका र १ छक्का प्रहार गर्दै ९४ रनको महत्वपूर्ण योगदान दिए । त्यस्तै कप्तान फाफ डु प्लेसि ५७,रिजा हेनरडिक्स २९,डेविड मिलर २५ र वियन मूल्डरले १७ रन बनाए । अन्यले दोहोरो अंकमा रन छुन सकेनन् ।
श्रीलंकाका लागि थिसेरा परेराले ३, कप्तान लाथिस मलिङ्गा र धनन्जय डी शिल्भाले समान दुई-दुई विकेट लिए । त्यस्तै विश्व फ्रनान्डो, कसुन रजिथा र अलिका धनन्जयले एक-एक विकेट बाँडे । पाँच खेलको ओडीआई सिरीजमा अफ्रिकाले २-० को अग्रता लिएको छ । पहिलो खेलमा श्रीलंका ८ विकेटले पराजित भएको थियो । तेस्रो खेल आगमी १० मार्चमा हुने छ ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]