default_image

6 years ago

March 6, 2019

एन्डीको शतकमा अफगानिस्तान आयरल्यान्डसँग स्तब्ध

64 views

0 Bookmark

एजेन्सी – एन्डी बलबिरनीले सानदार शतक प्रहार गरेपछि अफगानिस्तानसँगको तेस्रो एक दिवसिय खेलमा आयरल्यान्ड ४ विकेटले विजयी भएको छ । २ सय ५७ रनको लक्ष्य आयरल्यान्डले ४९ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६० रन बनायो ।

आयरल्यान्डलाई जिताउन एन्डीले १ सय ३६ बलमा समान ८ छक्का र चौका प्रहार गर्दै १ सय ४५ रनमा अविजित रहे । आयरल्यान्डका अन्य जर्ज डोकरेल ५४ ,पल स्टरलिङ्ग २०,कभिन ओ ब्रायनले २१ रनको योगदान दिए । अफगानिस्तानका लागि दावलत जर्डनले २,मोहम्मद नाविद,राशिद खान,मुजिब उर रहमान र सामीउल्लाह शेनवारीले समान एक एक विकेट लिए ।

त्यस अघि टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ५६ रन बनाएको थियो । अफगानिस्तानका नाजिबउल्लाह जादरानले ९८ बलमा समान ५ छक्का र चौका प्रहार गर्दै १ सय ४ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । कप्तान अस्गर अफघानले १ सय ९ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दै ७५ रन बटुले । त्यस्तै हज्रतुल्लाह जजाई ३४ र हशमतुल्ला शाहिदीले ११ रन बनाउन बाहेक अन्यले दोहोरो अंकमा रन छुन सकेनन् । आयरल्यान्डका लागि बोयर रनकिन र टिम मुर्तगले समान दुई तथा जर्ज डोकरेल,जेम्स क्यामरन डोव र एन्डी म्याकब्रिनले समान एक-एक विकेट हात पारे । योसँगै पाँच ओडीआई श्रृंखला १-१ को बराबरीमा पुगेको छ । पहिलो खेलमा अफगानिस्तान ५ विकेटले विजयी हुँदा दोस्रो खेल वर्षाको कारण रद्ध भएको थियो । चौथो खेल आगमी शुक्रबार हुने छ ।

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.