6 years ago
March 6, 2019
एजेन्सी – अष्ट्रेलियासँगको दोस्रो एकदिवसिय खेलमा घरेलु टोली भारतले रोमान्चक जित निकालेको छ । मंगलबार रातीको खेलमा भारत ८ रनले विजयी भएको छ ।
भारतले प्रस्तुत गरेको २ सय ५१ रनको लक्ष्य पक्ष्याएको पाहुना टोली अष्ट्रेलिया ४९.३ ओभरमा अल आउट हुँदै २ सय ४२ रनमा समेटियो । अष्ट्रेलियालाई अन्तिम ओभरमा ११ रन चाहिएको थियो । जसमा विजय शंकरले पहिलो बलमा मार्कस स्टोइनिसलाई एलबीडब्लू,दोस्रोमा दुई रन र तेस्रो बलमा एडम जाम्पालाई बोल्ड गरेपछि भारतले रोमान्चक जित हात पारेको हो । अष्ट्रेलियाका लागि मार्कस स्टोइनिसले ६५ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ५२ रनको योगदान दिए । पिटर हेन्डस्कम्बले ५९ बलमा ४ चौका सहित ४८ रन जोडे ।
पहिलो विकेटका लागि फिंन्च र उस्मान ख्वाजाले ८३ रनको साझेदारी गर्दै जितको आसा देखाएका थिए तर मध्यक्रममा निरन्तर विकेट गुमेपछि अष्ट्रेलिया झिनो अन्तरले पराजित हुन पुगेको हो । उस्मान ३८, फिंन्च ३७, ग्लेन म्याक्सवेल ४, शन मार्श १६, एलेक्स केरी २२, नाथन कुल्टर नाईल ४, एडम जम्पा २ र प्याट कमिन्स डक आउट भए । नाथन लायन ६ रनमा अविजित रहे । भारतको जितमा कुलदिप यादवले ३, जसप्रित बुमराह र विजय शंकरले समान दुई-दुई विकेट लिए । त्यस्तै केदार जाधव र रविन्द्र जडेजाले समान एक एक विकेट लिए ।
त्यसअघि नागपुरमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले कप्तान विराट कोहलीको शतकमा ४८.२ ओभरमा अल आउट हुँदै २ सय ५० रनमा समेटिएको थियो । करियरको ४० औं वानडे शतक प्रहार गरेका कोहलीले १ सय १६ रन बनाए । वान डे क्रिकेटमा सर्वाधिक शतक प्रहार गर्ने कोहली दोस्रो खेलाडी बनेका छन् । पहिलो स्थानमा भारतीय पुर्व कप्तान सचिन तेन्दुलकरले ४९ शतक प्रहार गरेको रेकर्ड छ । कोहलीले १ सय २० बलमा १० चौका प्रहार गरे ।
त्यस्तै विजयी शंकरले ४१ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४६ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । शिखर धवन र रविन्द्र जडेजाले समान २१, अम्बाटि रायडू १८ र केदार जाधवले ११ रन बटुले । ओपनर रोहित शर्मा, विकेटकीपर महेन्द्र सिंह धोनी र जसप्रित बुमराह शून्यमै आउट भए ।
भारतलाई सस्तैमा रोक्न अष्ट्रेलियाका तीब्र गतिका बलर प्याट कमिन्सले ९ ओभरमा २ मेडन सहित २९ रन खर्चेर ४ विकेट लिए । त्यस्तै एडम जम्पाले २,नाथन कुल्टर नाईल,ग्लेन म्याक्सवेल र नाथन लायनले समान एक एक विकेट आफ्नो नाममा लेखाए ।
यो जितसँगै भारतले पाँच ओडीआई सिरीज २-० को अग्रता लिएको छ । पहिलो खेलमा भारत ६ विकेटले विजयी भएको थियो । तेस्रो खेल आगामी ८ मार्चमा राँचीमा हुने छ ।
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ मा रहेका दुवै बीचको खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर […]
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा बंगलादेशविरुद्धको खेलमा न्युजिल्याण्डले टस जितेको छ । पाकिस्तानमा रहेको रावलपिण्डी क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्याण्डका कप्तान मिचेल सान्टनरले बलिङ रोजेका हुन् । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का गर्न चाहान्छ । पहिलो खेलमा भारतसँग […]