default_image

6 years ago

March 5, 2019

सितालाई वर्षको महिला उत्कृष्ट खेलाडी अवार्ड

136 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर सीता रानामगरले एनसीसीएस-सिप्यान क्रिकेट अवार्ड २०१९ को उत्कृष्ट महिला खेलाडीको उपाधि जितेकी छिन् । अवार्डसँगै सीताले ६६ हजार रुपैयाँ प्राप्त गरिन् ।

सीताले अवार्ड जित्ने क्रममा राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबसे, करुणा भन्डारी, इन्दु बर्मा र सरिता मगरलाई पाखा लगाइन् । महिला टोलीले पछिल्लो महिना थाइल्यान्डमा भएको महिला टी–२० स्म्यासमा गरेको प्रदर्शनका आधारमा विजेता छनोट गरिएको हो । सितालाई क्यानका पूर्व अध्यक्ष विनयराज पाण्डे, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश अाचार्य र क्यानका पूर्व अध्यक्ष रमेश सिलवालले पुरस्कृत गरे ।

सीताले उक्त प्रतियोगितामा उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेकी थिइन् । सर्वाधिक रन बटुलेकी सीताले ६ खेलमा १ सय ३८ रन जोडीन् । उनले १ सय ७५ बलको सामना गर्दै ११ चौका प्रहार गरेकी थिइन् । बलिङतर्फ पनि सीताले ३.४४ को इकोनोमीमा ४ विकेट हात पारिन् ।

सिताले जितको श्रेय काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरलाई दिइन् । उनले अाफ्ना प्रशिक्षक ज्ञानेन्द्र मल्ल, सुधिर महर्जनलगायतलाई विशेष धन्यवाद दिइन् ।

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

March 14, 2025

नेपालविरुद्ध हङकङको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजको लिग चरणको अन्तिम खेलमा नेपालविरुद्ध हङकङले बलियो योगफल तयार गरेको छ । लिग चरणको अन्तिम खेलमा हङकङले नेपाललाई १ सय ५ रनको बलियो लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रनको योगफल […]

Success

Thank you for your time.