default_image

6 years ago

March 5, 2019

रोहितलाई वर्षको उदीयमान खेलाडीको उपाधि

97 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका ब्याट्सम्यान रोहितकुमार पौडेलले एनसीसीएस सिप्यान क्रिकेट अवार्ड २०१९ मा वर्षका उदीयमान खेलाडीको अवार्ड जितेका छन् ।

रोहितले अवार्डसहित ६६ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । उनले अवार्ड जित्ने क्रममा तीव्र गतिका बलर अभिनास बोहोरा, स्पिनर ललितनारायण राजवंशी र मध्यक्रमका ब्याट्सम्यान सन्दीप जोरासँगै महिला टोलीकी बलर कविता कुँवरलाई पछी पारे । रोहितलाई राष्ट्रिय टोलीका ब्याटिङ कन्सल्टेन्ट उमेश पटवाल, राष्ट्रिय टोलीका पूर्व कप्तान उत्तम कर्माचार्य र नेपाल क्रिकेट संघका पूर्व उपाध्यक्ष उपेन्द्र भट्टराईले पुरस्कृत गरे ।

रोहितले सन् २०१८ र २०१९ मा राष्ट्रिय टोलीका लागि कुल १७ खेल खेल्दै ३ सय २४ रन जोडे । ५ सय ९४ बलको सामना गरेका रोहितले २६ चौका प्रहार गरेका छन् । यसक्रममा उनले एक अर्धशतक पनि जोडेका थिए । यूएईविरुद्ध पछिल्लो महिना भएको ओडीआई सिरिजमा अर्धशतक प्रहार गर्दै रोहित अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका थिए ।

त्यसअघि रोहितले डिभिजन २ मा केन्याविरुद्ध ४७ रन र क्यानाडाविरुद्ध २७ रनको महत्त्वपूर्ण इनिङ खेलेका थिए । लगत्तै जिम्बावेमा भएको विश्वकप छनोटमा उनले जिम्बावेविरुद्ध ३० र हङकङविरुद्ध नटआउट ४८ रनको योगदान दिएका थिए ।

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

March 17, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

Success

Thank you for your time.