default_image

6 years ago

March 4, 2019

अष्ट्रेलियालाई कप्तान फिन्चकै चिन्ता!

114 views

0 Bookmark

एजेन्सी – भारत भ्रमणमा रहेको अष्ट्रेलियाली टोली पाँच खेलको वान डे क्रिकेट दोस्रो खेल मंगलबार नागपुरमा खेल्दैछ । खेल नेपाली समयानुसार दिउँसो १ : ४५ बजेपछि वीसीए स्टेडियममा सुरु हुनेछ ।

पहिलो खेलमा ६ विकेटले विजयी भएको भारत लगतार दोस्रो जित निकाल्दै सिरीज २-० ले अगाडी बढाउने सोचमा छ । अष्ट्रेलिया दोस्रो खेलमा जित निकाल्दै सिरीज १-१ बनाउन चाहन्छ । टि-२० श्रृंखला २-० ले जितेको अस्ट्रेलियालाई ओडीआई सिरीज जित्ने आधार बलियो बनाउन दोस्रो खेल जित्नुपर्ने दवाव छ ।

बल टेम्परिङ काण्डका कारण पूर्वकप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नर प्रतिबन्धमा हुँदा पछिल्लो एक वर्षमा ओडीआई सिरीज जित्न नसकेको अष्ट्रेलियामाथि कप्तान आरोन फिन्चको लगातारको खराब प्रर्दशन पनि अर्को चिन्ताको विषय बनेको छ । फिन्च भारतसँगको पहिलो वान डे खेलमा शून्यमै आउट भएका थिए । भारतसँगकै टि-२० खेलमा फिन्च पहिलोमा खाता नखोली र दोस्रो खेलमा ८ रनमा आउट हुन पुगे ।

फिन्चले पछिल्लो समय लगातार खराब प्रर्दशन गर्दै आएका छन् । फिन्चले पछिल्ला ५ ओडीआईमा क्रमश : ०, १४, ६, ६ र ११ रनमा आउट भएका छन् । ओपनर तथा शीर्षक्रमका ब्याट्सम्यान फिन्च लगातार फ्लप हुँदा अष्ट्रेलिया ब्याटिङमा केहि कमजोर ठहरिँदै आएको छ । फिन्चको खराब प्रर्दशनको असर मध्यक्रममा पनि देखिन्छ । शीर्षक्रम नचल्दा ग्लेन म्याक्सवेल, मार्कस स्टोइनस, शन मार्श, उस्मान खवाजा, एलेक्स केरी, पिटर हेन्डस्कम्व, एस्टन टर्नरलगायतको प्रर्दशनमा अष्ट्रेलियाको स्कोर निर्भर रहने छ ।

पहिलो खेल गुमाएका शन मार्श दोस्रो खेलको लागि फिट भएका छन् । पहिलो खेलमा विकेट विहिन बनेका प्याट कमिन्स र जेसन बेहरेनडोर्फको स्थामा अस्ट्रेलियाले एन्ड्रयू टाई र झेय रिचड्सनमध्य एकलाई मैदान उतार्न सक्ने सम्भावना देखिन्छ । पहिलो खेलको नतिजा हेर्दा भारतीय टोलीमा फेरबदल नहुने उच्च संभावना छ । त्यस्तै पहिलो खेलमा महेन्द्र सिंह धोनी र केदार जाधवको शतकिय साझेदारीले भारतको मध्यक्रम समस्या समधानको संकेत देखाएको छ । त्यस्तै धोनी लयमा फर्कनु भारतका लागि थप हौसला बनेको छ ।

भारतीय टोली : विराट कोहली(कप्तान), शिखर धवन, रोहित शर्मा, अम्बाटी रायडू, महेन्द्रसिंह धोनी, केदार जाधव, जसप्रित बुमराह, मोहमद  शामी, कुलदिप यादव, युजवेन्द्र चाहल, ऋषभ पन्त, सिद्धार्थ कौल, केएल राहुल र रविन्द्र जडेजा ।

अस्ट्रेलिया टोली : आरोन फिन्च(कप्तान), डार्सी शर्ट, शन मार्श, मार्कस स्टोइनिस, उस्मान ख्वाजा, एलेक्स केरी,पिटर हेन्डस्कम्व, एस्टन टर्नर, एडम जम्पा, जेसन बेहरेनडोर्फ, झेय रिचड्सन, प्याट कमिन्स, एन्ड्रयू टाई, नाथन कोल्टर नाइल र नाथन लायन ।

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.