6 years ago
March 3, 2019
एजेन्सी – भारतका ब्याट्सम्यान महेन्द्रसिंह धोनी र केदार जाधवले उत्कृष्ट ब्याटिङ गरेपछि अष्ट्रेलियाविरुद्ध पहिलो वान डेमा भारतले ६ विकेटको जित दर्ता गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३६ रन जोडेको थियो । ओपनर उस्मान खवाजाले ५० रन जोड्दा मार्कस स्टोइनिसले ३७ तथा ग्लेन म्याक्सवेलले ४० रनको योगदान दिए । एलेक्स केरी ३६ रनमा नटआउट रहे । भारतका लागि मोहमद शामी, जस्प्रित बुमराह र कुलदिप यादव २-२ विकेट लिए ।
जवाफमा भारतले दोस्रो ओभरमा नै ओपनर शिखर धवनलाई गोल्डेन डकमा गुमायो । अर्का ओपनर रोहित शर्माले ३७ तथा कप्तान विराट कोहलीले ४४ रन जोडे । धोनी र केदारले पाँचौ विकेटका लागि नटआउट १ सय ४१ रनको साझेदारी गरेपछि भारतले जित दर्ता गरेको थियो । धोनीले ७२ बलमा ५९ रन जोडे । केदार ८७ बलमा ९ चौका र १ छक्कासहित ८१ रनमा नटआउट रहे । अष्ट्रेलियाका कुल्टर नाइल र एडम जाम्पाले २-२ विकेट लिए ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]