default_image

6 years ago

March 1, 2019

सन्दीपको उत्कृष्ट प्रदर्शन, लाहोर भने पराजित

122 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत बिहीबार कराची किंग्सविरुद्ध खेलमा उत्कृष्ट बलिङ प्रदर्शनलाई निरन्तरता दिएका छन् । सन्दीपले कसिलो बलिङ गरेपनि कराची ५ विकेटले विजयी रहयो ।

पहिलो ब्याटिङ गरेको लाहोरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३३ रन जोडेको थियो । एबी डी भिलियर्सले ३३, सोहेल अख्तरले नटआउट २९, कोरी एन्डरसनले २२ तथा हरिस सोहेलले २० रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिएनन् । कराचीका इफ्तिखार अहमदले २ तथा इमाद वासिम, मोहमद आमिर र उमेर खानले १-१ विकेट हात पारे ।

जवाफमा सन्दीपले तेस्रो ओभरमा नै ओपनर कोलिन मुनरोलाई आउट गरे । आफ्नो पहिलो ओभरको अन्तिम बलमा उनले मुनरोलाई क्याच आउट गराए । पहिलो ओभरमा २ रन खर्चेका सन्दीपले दोस्रो ओभरमा अर्का ओपनर बाबर आजमलाई बोल्ड गरे । उनले त्यस ओभरमा पनि १ रनमात्र दिँदै लाहोरलाई बलियो स्थितिमा ल्याए ।

सन्दीपले त्यसपछि सातौं ओभरमा ६ रन र दशौं ओभरमा ८ रन खर्चेका थिए । अन्य बलरहरुले राम्रो साथ दिन नसक्दा लाहोर पराजित हुन पुग्यो । कराचीले अन्तिम ओभरमा ५ विकेटको नोक्सानीमा लक्ष्य पूरा गरेको थियो । कराचीका लागि लियाम लिभिङस्टोनले ३८ रनको योगदान दिए । इफ्तिखार अहमद ३३ रनमा नटआउट रहे । लाहिरका डेविड विसा र हरिस राउफले १-१ विकेट लिए ।

यस हारसँगै सन्दीपको टोली अंक तालिकामा तल झरेको छ । ७ खेलमा ३ जित र ४ हारसहित लाहोर चौथो स्थानमा छ । पेशावर जाल्मी, क्वेटा ग्ल्याडीयटर्स र इस्लामावाद युनाइटेडको समान ८-८ अंक छ ।

February 24, 2025

बंगलादेशलाई हराउँदै सेमिफाइनलमा पुग्ने लक्ष्यमा न्युजिल्याण्ड

एजेन्सी – च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेशको लक्ष्यमा रहेको न्युजिल्याण्ड आज बंगलादेशसँग खेल्दैछ । पाकिस्तानको रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बाट सुरु हुनेछ । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का […]

February 24, 2025

विराटले तोडे सचिनको कीर्तिमान

एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीले महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले आइतवार पाकिस्तानविरुद्धको च्याम्पियन्स ट्रफी खेल दौरान सबैभन्दा कम इनिङमा १४ हजार ओडिआई रन बनाउने सचिनको कीर्तिमान तोडेका हुन् । कोहलीले २ सय ८७ इनिङमा १४ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि सचिनले ३ सय […]

February 23, 2025

कोहलीको शतकमा भारतको लगातार दोस्रो जित

एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.