default_image

6 years ago

February 28, 2019

म्याक्सवेलको शतकसँगै भारतले घुँडा टेक्यो

97 views

0 Bookmark

एजेन्सी – ग्लेन म्याक्सवेलले अाक्रामक शतक बनाएपछि अष्ट्रेलियाले भारतलाई ७ विकेटले पराजित गरेको छ । यससँगै पहुना टोलीले २ खेलको टि-२० सिरिज २-० ले अाफ्नो पक्षमा पार्यो ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० अोभरमा ४ विकेट गुमाउँदै १ सय ९० रन जोड्यो । कप्तान विराट कोहलीले ३८ बलमा नटअाउट ७२ रन बनाएपछि भारतले विशाल योगफल तयार पारेको थियो । अाक्रमक ब्याटिङ गर्दै २ चौका र ६ छक्का प्रहार गरेका कोहलीलाई पूर्व कप्तान महेन्द्रसिंह धोनीले पनि राम्रो साथ दिए । धोनीले २३ बलमा समान ३-३ चौका र छक्का प्रहार गर्दै ४० रन जोडे ।

जवाफमा ग्लेन म्याक्सवेलले ५० बलमा शतक पूरा गर्दै ५५ बलमा १ सय १३ रन बनाएपछि अष्ट्रेलियाले अन्तिम अोभरमा लक्ष्य प्राप्त गर्यो । म्याक्सवेलले ७ चौका र ९ छक्का प्रहार गर्दै भारतीय बलरहरुमाथि दवाव बनाइरहे । अोपनर डार्सी सर्टले २८ बलमा ४० रन जोड्दा पिटर ह्यान्डसकम्ब २० रनमा नटअाउट रहे ।

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.