default_image

6 years ago

February 27, 2019

लाहोरको जितमा सन्दीप ‘म्यान अफ द म्याच’

86 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत क्वेटा ग्ल्याडीयटर्सविरुद्ध खेलमा म्यान अफ द म्याच घोषित भएका छन् । सन्दीप सम्मिलित लाहोर कलन्दर्सले ८ विकेटको सहज जित दर्ता गर्दा सन्दीपले घातक बलिङ गरे ।

सन्दीपले क्वेटाको शीर्षक्रम ध्वस्त पार्ने क्रममा ४ ओभरमा मात्र १० रन खर्चेर ४ विकेट लिए । क्वेटाले अन्तिम ओभरको पहिलो बलमा अलआउट हुँदै १ सय ६ रनमात्र जोड्यो । क्वेटाका ओपनर अहसन अलीले ३३ र कप्तान सरफराज अहमदले २९ रनको योगदान दिए ।

चौथो ओभरमा बलिङ गर्न आएका सन्दीपले चौथो बलमा नै सेन वाटसनलाई एलबीडब्लू धरापमा पारेका थिए । त्यस ओभरमा उनले ३ रनमात्र खर्चे । छैटौं ओभरको पहिलो र अन्तिम बलमा पनि सन्दीपले सफलता हात पारे । पहिलो बलमा राइली रुसोलाई क्याच आउट गराएका उनले अन्तिम बलमा उमर अकमललाई बोल्ड गरे । त्यस ओभरमा उनले २ रनमात्र दिए ।

त्यसपछि आठौं ओभरको तेस्रो बलमा सन्दीपले दानिश अजिजलाई १ रनमा क्याचआउट गराए । उक्त ओभरमा ३ रन लिए । दशौँ ओभरमा आफ्नो कोटा सकाएका उनले २ रनमात्र दिए । सन्दीपले पहिलो खेलमा ४६ रन खर्चेर ३ विकेट लिँदा दोस्रो खेलमा २० रन दिँदै १ विकेट हात पारेका थिए । लाहोरका लागि हरिस राउफले २ विकेट लिए भने यासिर साह र शाहिन अफ्रिदिले १-१ विकेट लिए ।

लाहोरले २ विकेटको क्षतिमा १७ औं ओभरमा जित हासिल गर्यो । लाहोरका लागि एबी डे भिलियर्सले उत्कृष्ट ब्याटिङलाई जारी राख्दै नटआउट ४७ रनको योगदान दिए । उनले ३८ बल खेल्दै ७ चौका प्रहार गरे । हरीस सोहेल ४२ बलमा ३ चौकासहित नटआउट ३३ रन जोडे । ओपनर गौहर अली २१ र कप्तान फखार जमान २ रनमा आउट भए ।

सन्दीपको टोली लाहोरले ६ खेलमा ३ जित र ३ हार बेहोरेको छ । अंक तालिकामा लाहोर चौथो स्थानमा छ । क्वेटा ८ अंक जोड्दै शीर्ष स्थानमा छ ।

November 15, 2024

इङ्ग्ल्याण्डको लगातार तेस्रो जित

एजेन्सी – घरेलु टोली वेस्ट इण्डिजविरुद्धको टि ट्वान्टी आईमा सिरिजमा पाहुना टोली इङ्ग्ल्याण्डले लगातार तेस्रो जित हासिल गरेको छ । इङ्ग्ल्यान्डले शुक्रवार भएको खेल ३ विकेटले जितेको छ । जितसँगै पाहुना टोलीले ५ खेलको टि ट्वान्टी आई सिरिज दुई खेल अगावै जितेको छ । १ सय ४६ रनको लक्ष्य इङ्ग्ल्यान्डले १९.२ ओभरमा ७ विकेट गुमाएर […]

November 15, 2024

इङ्ग्ल्याण्डका बोपारा चितवनबाट खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) को टोली चितवन राइनोजले इङ्ग्ल्याण्डका भेट्रान अलराउण्डर रवि बोपारालाई टोलीमा अनुबन्ध गरेको छ । टोलीका पाँचौं विदेशी खेलाडी रुपमा चितवनले बोपारालाई अनुबन्ध गरेको शुक्रवार सामाजिक संजालमार्फत जानकारी गराएको छ । चितवनले पहिलो विदेशी खेलाडीका रुपमा दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मार्चन्ट डे लांग तथा दोस्रो विदेशी खेलाडीका रुपमा […]

November 14, 2024

विश्वकपमा छनोट भएको युवा टोली स्वदेश आइपुग्यो

काठमाडौं(हाम्रो खेलकुद) – यु १९ महिला विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेको नेपाली युवा टोली बिहीवार स्वदेश फर्किएको छ । ऐतिहासिक सफलता दिलाउन सफल युवा महिला टिमलाई आज नेपाल क्रिकेट संघ (क्यान)ले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गर्यो। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का, क्यान अन्य पदाधिकारीहरू, […]

Success

Thank you for your time.