6 years ago
February 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत क्वेटा ग्ल्याडीयटर्सविरुद्ध खेलमा उत्कृष्ट बलिङ गरेका छन् । लाहोर कलन्दर्सबाट खेलिरहेका उनले क्वेटाको शीर्षक्रम ध्वस्त पार्ने क्रममा ४ ओभरमा मात्र १० रन खर्चेर ४ विकेट लिए । क्वेटाले जितका लागि लाहोरलाई १ सय ७ रनको लक्ष्य दिएको छ ।
चौथो ओभरमा बलिङ गर्न आएका सन्दीपले चौथो बलमा नै सेन वाटसनलाई एलबीडब्लू धरापमा पारेका थिए । त्यस ओभरमा उनले ३ रनमात्र खर्चे । छैटौं ओभरको पहिलो र अन्तिम बलमा पनि सन्दीपले सफलता हात पारे । पहिलो बलमा राइली रुसोलाई क्याच आउट गराएका उनले अन्तिम बलमा उमर अकमललाई बोल्ड गरे । त्यस ओभरमा उनले २ रनमात्र दिए ।
त्यसपछि आठौं ओभरको तेस्रो बलमा सन्दीपले दानिश अजिजलाई १ रनमा क्याचआउट गराए । उक्त ओभरमा ३ रन लिए । दशौँ ओभरमा आफ्नो कोटा सकाएका उनले २ रनमात्र दिए । सन्दीपले पहिलो खेलमा ४६ रन खर्चेर ३ विकेट लिँदा दोस्रो खेलमा २० रन दिँदै १ विकेट हात पारेका थिए ।
क्वेटाले अन्तिम ओभरको पहिलो बलमा अलआउट हुँदै १ सय ६ रनमात्र जोड्यो । क्वेटाका ओपनर अहसन अलीले ३३ र कप्तान सरफराज अहमदले २९ रनको योगदान दिए । लाहोरका लागि हरिस राउफले २ विकेट लिए भने यासिर साह र शाहिन अफ्रिदिले १-१ विकेट लिए ।
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेशको लक्ष्यमा रहेको न्युजिल्याण्ड आज बंगलादेशसँग खेल्दैछ । पाकिस्तानको रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बाट सुरु हुनेछ । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का […]
February 24, 2025
एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीले महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले आइतवार पाकिस्तानविरुद्धको च्याम्पियन्स ट्रफी खेल दौरान सबैभन्दा कम इनिङमा १४ हजार ओडिआई रन बनाउने सचिनको कीर्तिमान तोडेका हुन् । कोहलीले २ सय ८७ इनिङमा १४ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि सचिनले ३ सय […]
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]