6 years ago
February 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुविना क्षेत्रीको ह्याट्रिकसँगै अलराउन्ड प्रदर्शनमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप छनोट एसिया क्षेत्र प्रतियोगिताको अन्तिम खेलमा कुवेतलाई ३० रनले पराजित गरेको छ ।
नेपालले प्रस्तुत गरेको १ सय १७ रनको लक्ष्य पछ्याउने क्रममा कुवेतले २० ओभरमा ९ विकेट गुमाउँदै ८६ रनमात्र जोड्न सक्यो । रुविनाले इनिङको अन्तिम तीन बलमा लगातार विकेट लिँदै नेपालको जितमा महत्त्वपूर्ण प्रदर्शन गरेकी हुन् । कुवेतका लागि कप्तान मरियम ओमारले २९ रन जोड्दा ओपनरद्वय प्रियादा मुरलीले १४ तथा सब्रिन जाकिले १२ रन जोडे । नेपालका लागि रुविनाले ४ ओभरमा १७ रनब खर्चेर ३ विकेट लिंदा करुणा भण्डारीले पनि १२ रन खर्चेर ३ विकेट हात पारिन् । नेरी थापा र कविता कुँवरले १-१ विकेट लिए ।
त्यसअघि ब्याटिङमा पनि रुविनाले १३ बलमा २२ रन जोड्दै अन्तिम बलमा क्याच आउट भएकी थिइन् । नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १६ रन जोडेको थियो । उनले ३ चौका प्रहार गरिन् । नेपाललाई बलियो योगफलसम्म पुर्याउन विन्दु रावलले सर्वाधिक २८ रनको योगदान दिईन् । काजल श्रेष्ठ १८ रनमा रनआउट हुँदा सिता रानामगरले खाता खोल्न सकिनन् । नेरी थापाले पनि ३ चौकाको मदतले १९ रन जोडिन ।
नेपालले प्रतियोगिताको ६ खेलमा ५ जित र १ हार बेहोर्यो । १० अंक जोडेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । अन्तिम खेलमा यूएई र थाईल्यान्डको खेलपछि शीर्ष टोलीको छिनोफानो हुनेछ । नेपाल दोस्रो चरणमा पुग्ने सम्भावना समाप्त भैसकेको छ ।
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेशको लक्ष्यमा रहेको न्युजिल्याण्ड आज बंगलादेशसँग खेल्दैछ । पाकिस्तानको रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बाट सुरु हुनेछ । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का […]
February 24, 2025
एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीले महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले आइतवार पाकिस्तानविरुद्धको च्याम्पियन्स ट्रफी खेल दौरान सबैभन्दा कम इनिङमा १४ हजार ओडिआई रन बनाउने सचिनको कीर्तिमान तोडेका हुन् । कोहलीले २ सय ८७ इनिङमा १४ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि सचिनले ३ सय […]
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]