6 years ago
February 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने सम्मिलित लाहोर कलन्दर्सले पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत छैटौं खेलमा क्वेटा ग्ल्याडीयटर्सको सामना गर्दैछ । खेल नेपाली समयानुसार साँझ ५:१५ मा सुरु हुनेछ ।
सन्दीपको टोली लाहोरले प्रतियोगितामा खेलेका ५ मध्य २ खेलमा जित र ३ मा हार बेहोरेको छ । ४ अंक बोकेको लाहोर अंक तालिकामा पाँचौ स्थानमा छ । सन्दीपले प्रतियोगिताको २ खेलमा मात्र खेलेका छन् । यसक्रममा उनले ४ विकेट हात पारिसकेका छन् । पहिलो खेलमा महँगो सावित भएपनि ३ विकेट लिएका सन्दीपले दोस्रो खेलमा कसिलो बलिङ गर्दै १ विकेट लिएका थिए ।
पछिल्लो खेलमा लाहोरले क्वेटासँग अन्तिम बलमा पराजय भोगेको थियो । त्यसपछि क्वेटाले पनि एक खेल गुमाईसकेको छ । अंक तालिकामा ५ खेलमा ४ जित र १ हारसहित क्वेटा ८ अंक बोकेर शीर्ष स्थानमा कायम छ । यस खेलमा पराजित भएको खण्डमा लाहोरको अर्को चरण पुग्ने सम्भावना कठिन बन्नेछ ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ । बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो । […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – वुमेन्स डे टि ट्वान्टी आई सिरिज खेल्न युगाण्डा गएको नेपाली टोली बुधवार स्वदेश आइपुग्ने भएको छ। नेपाल क्रिकेट संघ(क्यान) का अनुसार नेपाली टोली बुधवार बिहान ८ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने छ । ४ टोली सहभागी सिरिजमा नेपाल चौथो भएको थियो । नेपालले सिरिजमा युगाण्डा र हङकङसँगको समान १ खेल जितेको थियो […]