6 years ago
February 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आईसीसी महिला विश्वकप छनोट एसिया क्षेत्र प्रतियोगिताको पाँचौ खेलमा चीनलाई ५ रनले पराजित गरेको छ ।
नेपालले प्रस्तुत गरेको ७८ रनको लक्ष्य पछ्याउने क्रममा चीनले २० ओभरमा ६ विकेट गुमाउँदै ७२ रनमात्र जोड्न सक्यो । चीनका लागि मध्यक्रममा झाङ मेइ ३२ रनमा नटअाउट रहिन् । अोपनर चिया झुले १८ रन जोडिन् । नेपालका लागि सिता रानामगरले ३ विकेट हात पारिन्।
त्यसअघि नेपालले औसत ब्याटिङ गर्दै २० ओभरमा ९ विकेटको क्षतिमा ७७ रन जोडेको थियो । ओपनर काजल श्रेष्ठले सर्वाधिक १८ रनको योगदान दिँदा सिता रानामगर र बिन्दु रावलले क्रमश: ११ र १० रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । पहिलो विकेटका लागि ३२ रन जोडेको नेपालले त्यसपछि भने लगातार विकेट गुमाएको थियो । चीनका लागि वाङ मेङ र हान लिलीले २-२ विकेट लिएका थिए ।
नेपाल प्रतियोगिताको ५ खेलमा ४ जित र १ हार बेहोर्दै तेस्रो स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको थाईल्यान्डले सबै ५ खेल जितेको छ । प्रतियोगिताको शीर्ष टोली मात्र दोस्रो चरणमा छनोट हुनेछ ।
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेशको लक्ष्यमा रहेको न्युजिल्याण्ड आज बंगलादेशसँग खेल्दैछ । पाकिस्तानको रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बाट सुरु हुनेछ । न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का […]
February 24, 2025
एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीले महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले आइतवार पाकिस्तानविरुद्धको च्याम्पियन्स ट्रफी खेल दौरान सबैभन्दा कम इनिङमा १४ हजार ओडिआई रन बनाउने सचिनको कीर्तिमान तोडेका हुन् । कोहलीले २ सय ८७ इनिङमा १४ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि सचिनले ३ सय […]
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]