default_image

6 years ago

February 25, 2019

राशिदले ह्याट्रिक लिँदा अफगानिस्तान विजयी

115 views

0 Bookmark

एजेन्सी – स्पिनर राशिद खानले ४ बलमा लगातार ४ विकेट लिएपछि अफगानिस्तानले आयरल्यान्डविरुद्ध दोस्रो टि-२० मा ३२ रनको जित दर्ता गरेको छ ।

अफगानिस्तानले प्रस्तुत गरेको २ सय ११ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्यान्डले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७८ रन जोड्यो । यस जितसँगै अफगानिस्तानले ३ खेलको सिरिजमा ३-० को जित दर्ता गरेको छ ।

आक्रामक ब्याटिङ गरिरहेका आयरल्यान्डका ओपनर केभीन ओ’ब्राएनलाई राशिदले १६ औं ओभरको अन्तिम बलमा ७४ रनमा खेलिरहँदा आउट गरेपछि खेल अफगानिस्तानको पक्षमा मोडिएको थियो । राशिदले त्यसपछि १८ औं ओभरको सुरुवाती ३ बलमा जर्ज डक्रेल, शेन गेटकेट र सिमि सिंहलाई लगातार बलमा आउट गर्दै अफगानिस्तानको जित पक्का गरे । राशिदले समग्रमा २७ रन खर्चेर ५ विकेट लिए ।

आयरल्यान्डका लागि एन्डी बालब्रिनले ४७ रनको योगदान दिए । पल स्टरलिङ १०, जर्ज डक्रेलले १८ रन जोड्नुबाहेक अन्यले राम्रो योगदान दिन सकेनन् । अफगानिस्तानका जिआउर रहमानले पनि २ विकेट लिए ।

त्यसअघि मोहमद नाबीले ३६ बलमा ८१ रन जोडेपछि अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १० रन जोड्यो । ओपनर हज्रतुल्लाह जाजाईले ३१ रनको योगदान दिंदै आक्रामक सुरुवात दिलाएका थिए । आयरल्यान्डका बोइड रान्किनले ३ विकेट लिए ।

March 19, 2025

आर्मी मधेशसँग पहिलो पटक पराजित

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको इतिहासमा त्रिभुवन आर्मी क्लबविरुद्ध मधेश प्रदेशले पहिलो पटक जित हासिल गरेको छ । बुधवार भएको खेलमा मधेशले आर्मीलाई ३ विकेटले हराउँदै ऐतिहासिक जित हात पारेको हो । मधेशले आर्मीलाई समग्रमा दोस्रो पटक र पिएम कपमा पहिलो पटक हराएको हो । सन् २०२३ मा पोखरामा भएको […]

March 19, 2025

सुर्यकुमार मुम्बईको कप्तान बन्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को आफ्नो पहिलो खेलमा नियमित कप्तान हार्दिक पाण्ड्याको अनुपस्थितीमा मुम्बई इन्डियन्सको कप्तानी सुर्यकुमार यादवले गर्ने भएका छन् । मुम्बईका मुख्य प्रशिक्षक महेला जयवर्धनेले बुधबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा सुर्यकुमारले पहिलो खेलमा कप्तानी गर्ने बताएका हुन् । नियमित कप्तान हार्दिक पाण्ड्यालाई सन् २०२४ को आइपिएलको अन्तिम खेलमा स्लो ओभर रेटका कारण […]

March 19, 2025

सुदूरपश्चिमले लुम्बिनीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशविरुद्ध जित हासिल गरेको छ । बुधवार भएको खेलमा सुदूरपश्चिमले ५ विकेटको जित हासिल गर्यो । लुम्बिनीले दिएको १ सय १७ रनको लक्ष्य सुदूरपश्चिमले ३१.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा किरण कुमार ठगुन्नाले नट आउट रहँदै सर्वाधिक ४३ […]

Success

Thank you for your time.