default_image

6 years ago

February 23, 2019

टि२० मा अफगानिस्तानको २७८ रन,जजाई एक्लैको १६२ !

52 views

0 Bookmark

एजेन्सी – ओपनर हज्रतुल्लाह जजाईले कीर्तिमानी विश्फोटक शतक प्रहार गरेपछि आयरल्यान्डसँगको दोस्रो टि२० खेलमा अफगानिस्तानले एकै खेलमा तीन विश्व कीर्तिमानी बनाएको छ ।

शनिवार राती सम्पन्न खेलमा अफ्गानिस्तानले आयरल्यान्डलाई ८४ रनले पराजित गर्दै तीन टि-२० श्रृंखला एक खेल अगावै २-० ले जितेको छ ।

टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरमा मात्र ३ विकेट गुमाउँदै २ सय ७८ रन बनायो । यो टि२० क्रिकेटमा कुनै पनि टोलीले बनाएको सर्वाधिक उच्च स्कोर हो । यसअघि अस्ट्रेलियाले श्रीलंकाविरुद्ध २६३ रन बनाएको स्कोरनै उच्च रहँदै आएको थियो ।

अफगानिस्तानलाई विशाल कीर्तिमानी योगफल तयार गर्न ओपनर जजाईले कीर्तिमानी शतक बनाए । जजाईले ६२ बलमा १६ छक्का र ११ चौका प्रहार गर्दै १ सय ६२ रनमा अविजित रहे । यो टि-२० क्रिकेटमा ब्यक्तिगत दोस्रो उच्च स्कोर हो । अस्ट्रेलियाका कप्तान आरोन फिन्चले टि २० खेलमा १७२ रन बनाएका छन् । एकै खेलमा १६ छक्का प्रहार गर्ने पहिलो ब्याट्सम्यान पनि बने । कुनै पनि फ्रम्यार्टमा १६ छक्का प्रहार गर्ने जजाई पहिलो ब्याट्सम्यान हुन् ।

त्यस्तै उस्मान घनिले ४८ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ७३ रन बनाए । पहिलो विकेटका लागि जजाई र उस्मानले २ सय ३६ रनको साझेदारी गरेका थिए । टि२० क्रिकेटमा सर्वाधिक सर्वाधिक साझेदारी पनि हो । मोहम्मद नाविद १७ रनमा आउट भए । आयरल्यान्डका लागि पिटर चेस,बोयड रंकिन र जोशुआ लिटिलले समान एक एक विकेट लिए ।

२ सय ७९ रनको लक्ष्य पक्ष्याएको आयरल्यान्डले २० ओभरमा ६ विकेटको क्षतिमा १९४ रन बनायो । उसका लागि पल स्टर्लिङलले ५० बलमा १२ चौका र २ छक्का प्रहार गर्दै ९१ रनको योगदान दिए । केभीन ओ ब्राएन ३७, शेन गेटकेट २४ रनमा आउट हुँदा स्टुअर्ट पोयन्टर १५ र सिमी सिंह १७ रनमा अविजित रहे । अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

अफगानिस्तानका लागि राशिद खानले ४, मुजिव उर रहमान र फरिद मालिकले समान एक विकेट लिए । तेस्रो टी-२० खेल आइतबार हुने छ ।

October 18, 2024

दीपेन्द्र प्लेयर अफ द म्याच घोषित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टी खेलमा प्लेयर अफ द म्याच घोषित भएका छन् । अमेरिकाको टेक्सास स्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा घरेलु टोलीलाई पराजित गर्न सानदार प्रदर्शन गरेका दीपेन्द्र म्यान अफ द म्याच भएका हुन् । ऐरीले अमेरिकाविरुद्धको खेलमा ब्याटिङ तर्फ १७ बलमा २ चौका र १ छक्काको […]

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

Success

Thank you for your time.