6 years ago
February 23, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तान सुपर लिग (पीएसएल) को १२ औं खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली लाहोर कलन्दर्सले क्वेटा ग्लाडियटर्सलाई १ सय ४४ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङ थालको लाहोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४३ रन बनायो । लाहोरका लागि कप्तान एवि डी भिलियर्सले सर्वाधिक ४५ रन बनाए । डी भिलियर्सले ४० बलमा २ चौका प्रहर गरे । त्यस्तै सन्दीप लामिछानेले ५ बलमा ५ रनमा अविजित रहे ।
त्यस्तै डेविड विसा १६ बलमा १ छक्का हान्दै २० रनमा आउट भए । सोहेल अख्तरले २१ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै २९ रन जोडे । कारी एन्डरसन १९, फखार जमान ३,सलमान बट ५, यासिर साह १ रनमा आउट भए ।
क्वेटा गुलाम मुदस्सरले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । सोहेल तनविरले २, मोहम्मद नवाज र अनावर अलीले समान एक एक विकेट हात पारे ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]