default_image

6 years ago

February 23, 2019

डिपिएलको ‘गोल्डेन बुट’ दीपेन्द्रलाई !

131 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग(डिपिएल)को उपाधि सिवाईसी अत्तरियाले जितेको छ । विजयी टोलीका कप्तान दीपेन्द्रसिंह एेरीले सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै सुनको जुत्ता प्राप्त गरेका छन् ।

आज भएको फाइनल खेलमा अत्तरियाले महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्दै उपाधि उचालेको हो । १ सय २४ रनको लक्ष्य पक्ष्याएको १९.५ ओभरमा ७ विकेटको क्षतिमा १ सय २७ रन बनायो । यो जितसँगै अत्तरियाले ३० लाख प्राप्त गर्दा उप विजेता टोली महेन्द्रनगरले १२ लाखमा चित्त बुझायो ।

यस्तै प्रतियोगिताको मोष्ट भेल्युवल प्लेयर सिवाईसी अत्तरियाका कप्तान समेत रहेका दिपेन्द्रसिंह ऐरी चुनिए । दिपेन्द्रले सुनको जुत्ता पाए । कप्तान दिपेन्द्रसिंह ऐरीले ७ खेलमा १ सय ६८ रन बनाउनुको साथै १० विकेट लिएका थिए ।

अत्तरियालाई उपाधि जिताउन उत्कृष्ट प्रर्दशन गरेका सन्नी पटेल म्यान अफ द सिरीज र बेस्ट ब्याट्सम्यान घोषित भए । सन्नीले ७ खेलमा ६ पटक ब्याटिङ गर्ने मौका पाउँदा कुल २ सय २ रन बनाए । त्यस्तै बलिङमा पटेलले ९ विकेट लिएका थिए । बेस्ट ब्याट्सम्यान मार्फत रु एक लाख र म्यान अफ द सिरीज चुनिएकोमा रु २ लाख प्राप्त गरे । भुवन कार्की प्रतियोगिताकै उत्कृष्ट बलर चुनिए । कार्कीले रु एक लाख प्राप्त गरे । कार्कीले ७ खेलमा १४ विकेट लिएका थिए ।

February 24, 2025

विराटले तोडे सचिनको कीर्तिमान

एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीले महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले आइतवार पाकिस्तानविरुद्धको च्याम्पियन्स ट्रफी खेल दौरान सबैभन्दा कम इनिङमा १४ हजार ओडिआई रन बनाउने सचिनको कीर्तिमान तोडेका हुन् । कोहलीले २ सय ८७ इनिङमा १४ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि सचिनले ३ सय […]

February 23, 2025

कोहलीको शतकमा भारतको लगातार दोस्रो जित

एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

February 23, 2025

भारतविरुद्ध पाकिस्तानको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]

Success

Thank you for your time.