6 years ago
February 23, 2019
धनगढी (हाम्रो खेलकुद) – सिवाइसी अत्तरियाविरुद्धको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) ३ फाइनलमा महेन्द्रनगर युनाइटेडले टस जितेर ब्याटिङ रोजेको छ ।
काठमाडौं गोल्डेन्सले डिपिएल बहिष्कार गरेपछि महेन्द्रनगर दोस्रो क्वालिफायर्स नखेलि सोझै फाइनलमा पुगेको थियो । आफ्ना भारतीय बलर अंकित दबासलाई बलिङ गर्नबाट प्रतिबन्ध लगाएपछि त्यसको विरोधमा काठमाडौंले प्रतियोगिता बहिष्कार गरेको थियो ।
काठमाडौंलाई नै पहिलो क्वालिफायर्समा हराउँदै अत्तरियाले फाइनल यात्रा तय गरेको थियो । अत्तरियाको कप्तानी राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्र सिंह ऐरीले गरेका छन् भने महेन्द्रनगरको कप्तानी अर्का राष्ट्रिय खेलाडी शदर भेषावकरले गरेका छन् ।
प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उपाधि विजेता टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछ ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]