default_image

6 years ago

February 23, 2019

शरदको महेन्द्रनगर र दीपेन्द्रको अत्तरिया उपाधि भिडन्तमा

120 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) उपाधिको लागि आज महेन्द्रनगर युनाइटेड र सिवाईसी अत्तरियाबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रस्तावित अन्तर्राष्ट्रिय फाप्ला क्रिकेट मैदानमा दिउँसो १२ : ३० पछि सुरु हुनेछ । दुवै टोली पहिलो डिपिएल उपाधिको दाउमा छन् । युवा खेलाडी दिपेन्द्रसिंह ऐरीको पहिलो फ्रेन्चाइज लिग जित्ने लक्ष्यका साथ मैदान प्रवेश गर्ने छन् । यता नेपाली घरेलु लिगमा सफल कप्तानको रुपमा परिचित शरद भेषावकर पनि पहिलो डिपिएल उपाधि जित्न अातुर छन् । युवा टोली अत्तरिया र अनुभवी टिम महेन्द्रनगरबीच फाइनल खेल कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

वर्षाले प्रभावित समुह चरणको खेलमा महेन्द्रनगर युनाईटेडले सिवाईसी अत्तरियालाई ७ विकेटले हराएको थियो । त्यस्तै पहिलो क्वालिफायरमा काठमाडौंलाई ४१ रनले पराजित गर्दै अत्तरिया सोझै फाइनलमा प्रवेश गरेको थियो । यता एलिमिनेटर खेलमा रुपन्देही च्यालेन्जर्सलाई १ रनले हराउँदै महेन्द्रनगर क्वालिफायरमा प्रवेश गरेको थियो । तर क्वालिफायरमा आफ्ना खेलाडी अंकित दबासमाथि बलिङमा प्रतिबन्ध लगाएको भन्दै काठमाडौंले क्वालिफायर नै बहिष्कार गरेपछि महेन्द्रनगरले फाइनलमा मौका पायो ।

सन्नी पटेल

समुह चरणमा कुन टिमको प्रर्दशन कस्तो ?

सिवाईसी अत्तरिया युवा टोलीले भरिएको र कागजी रुपमा प्रतियोगिताकै कमजोर टोली हो । तर मैदानमा भने प्रतियोगिताकै उत्कृष्ट टिम सावित गर्यो । समुह चरणका ५ खेलमा ४ मा जित र १ मा हार का साथ शिर्ष स्थानमा रहदै क्वालिफायर खेलेको थियो । पहिलो खेलमै धनगढीमाथि ५ रनको रोमान्चक जित हात पारेको अत्तरियाले दोस्रो खेलमा रुपन्देहीलाई ३९ रनले हरायो । त्यस्तै तेस्रो खेलमा महेन्द्रनगरसँग ७ विकेटले पराजित भयो । विराटनगर किंग्सलाई १० रनले हराउँदा काठमाडौंलाई ७ विकेटले पराजित गर्यो ।

यता कागजी रुपमा प्रतियोगिताकै बलियो टोली महेन्द्रनगरको मैदानमा भने कमजोर प्रर्दशन गर्यो । ५ खेलमा १ मा जित तथा दुई मा हार र दुईमा अंक बाड्दै चौथो स्थानमा रहेर प्ले अफमा पुग्यो । पहिलो खेलमा रुपन्देहीसँग २ र दोस्रो खेलमा काठमाडौंसँग ७ रनले पराजित भएको महेन्द्रनगर विराटनगर र धनगढीसँग बर्षाको कारण अंक बाड्यो । अन्तिम खेलमा अत्तरियालाई ७ विकेटले हराउँदै विराटनगरलाई नेट रन रेटले पछि पार्दै प्ले अफमा पुगेको थियो ।

जारी प्रतियोगितामा सिवाईसी अत्तरियाका कप्तान दिपेन्द्रसिंह ऐरी,भारतीय खेलाडी सन्नी पटेल, जयकिशन कोल्सावाला,दिपेन्द्र रावत, भुवन कार्कीले उत्कृष्ट प्रर्दशन गरेका छन् । र यी खेलाडीनै अत्तरियाका प्रमुख हतियार हुन् ।

यता महेन्द्रनगरबाट सागर ढकाल, अभिनास बोहोरा, मोहम्मद नाविद, अमरसिंह राउटेला, आनन्द सुब्रमनियमको प्रर्दशन उत्कृष्ट छ । यीनै खेलाडीको प्रर्दशनमा महेन्द्रनगर बढि निर्भर रहने छ ।

पुरस्कार राशी ?

डिपिएलको विजेताले रु ३० लाख प्राप्त गर्नेछ । उपविजेतामा चित्त बुझाउने टोलीले १२ लाख प्राप्त गर्दा तेस्रो भएकोे काठमाडौंले ४ लाख र चौथो स्थानमा रुपन्देहीले २ लाख रुपैयाँ पाउनेछन् । यस्तै प्रतियोगिताको मोष्ट भेल्युवल प्लेयरलाई गोल्डस्टार सुनको जुत्ता दिईने छ । म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत उचित पुरस्कारको व्यवस्था रहेको छ ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.