default_image

6 years ago

February 22, 2019

कप्तान डी भिलियर्स चम्केपछि सन्दीपको टोली विजयी

128 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान एबी डी भिलियर्सले म्यान अफ द म्याच प्रदर्शन गरेपछि पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा लाहोर कलन्दर्सले मुल्तान सुल्तानलाई ६ विकेटले पराजित गरेको छ । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले लाहोरबाट खेल्दै पीएसएलमा डेब्यु गरे ।

मुल्तानले प्रस्तुत गरेको २ सय १ रनको लक्ष्य लाहोरले ४ विकेटको क्षतिमा अन्तिम बलमा छक्का प्रहार गर्दै प्राप्त गरेको थियो । अन्तिम बलमा ३ रन चाहिएको स्थितिमा डेविड विसाले छक्का प्रहार गर्दै जित दिलाएका थिए । उनले २० बलमा ५ छक्काको मदतले नटआउट ४५ रन जोडे । कप्तान डी भिलियर्सले २९ बलमा ५२ रन जोडे । यसक्रममा उनले ३ चौका र ३ छक्का प्रहार गरे । पाँचौ विकेटका लागि यी दुईले ९८ रनको साझेदारी गरे ।

त्यसअघि ओपनर फखार जमानले ३५ बलमा ६३ रन जोड्दै लाहोरलाई राम्रो सुरुवात दिएका थिए । अर्का ओपनर सोहेल अख्तर १० र सलमान बट १७ रनमा पेभेलियन फर्किए । मुल्तानका जुनेद खानले ३ विकेट लिँदा मोहमद इलियासले १ विकेट हात पारे ।

त्यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) डेब्युमा लाहोर कलन्दर्सको लागि मिश्रित प्रदर्शन गरे । सन्दीपले ४ ओभर बलिङ गर्दै ४६ रन खर्चेर ३ विकेट लिए । मुल्तानले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय रन जोडेको थियो ।

मुल्तान सुल्तानले आक्रामक ब्याटिङ गरेपछि महँगा सावित भएका सन्दीपले टोलीका लागि सुरुवाती दुई विकेट लिएका थिए । सन्दीपले टोलीलाई पहिलो सफलता दिलाउने क्रममा ८४ रनमा खेलिरहेका जेम्स भिन्सलाई क्याच आउट गराएका थिए ।

पहिलो ओभरमा १८ रन खर्चेका सन्दीपले दोस्रो ओभरको पाँचौ बलमा भिन्सलाई पेभेलियन फर्काउँदै पहिलो विकेटका लागि भएको १ सय ३५ रनको साझेदारी तोडेका थिए । आफ्नो तेस्रो ओभरमा सुरुवाती तीन बलमा दुई छक्का खाएपनि उनले पाकिस्तानका पूर्व कप्तान शोएब मलिकलाई १० रनमा पेभेलियन फर्काए । त्यसअघि तेस्रो बलमा सिद्दिक ५० रनमा खेलिरहेको अवस्थामा क्याच ड्रप भएको थियो ।

चौथो ओभरको पहिलो बलमा आन्द्रे रसेलले छक्का प्रहार गरेपनि सन्दीपले तेस्रो बलमा उनलाई आफ्नै बलमा क्याच गराउँदै बदला लिए । मुल्तानका लागि सिद्दिकले ५३ रन जोडेका थिए । लाहोरका लागि शाहिन अफ्रिदी र हरिस राउफले १-१ विकेट लिए ।

लाहोरको यो पीएसएल २०१९ मा चौथो खेलमा दोस्रो जित हो । लिग तालिकामा लाहोर तेस्रो स्थानमा छ । शीर्ष स्थानमा ३ खेलमा ६ अंक जोडेको क्वेटा ग्लाडियटर्स रहेको छ ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.