6 years ago
February 22, 2019
धनगढी – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग(डिपिएल) को उपाधि भिडन्तमा शनिबार सिवाईसी अत्तरिया र महेन्द्रनगर युनाइटेड आमनेसामने हुँदैछन् ।
शुक्रबार आफ्ना खेलाडी अंकित दवासलाई बलिङमा प्रतिबन्ध लगाएको भन्दै काठमाडौं गोल्डेन्सले क्वालिफायर खेल नै बहिस्कार गरेपछि महेन्द्रनगरले फाइनलमा स्थान बनाएको हो । सिवाईसी अत्तरिया भने पहिलो क्वालिफायरमा काठमाडौंलाई ४१ रनले पराजित गर्दै यसअघि नै फाइनल पुगिसकेको थियो ।
फाइनलको पूर्वसन्ध्यामा बोल्दै अत्तरियाका कप्तान दिपेन्द्रसिंह ऐरीले प्रतियोगितामा टोलीको प्रदर्शनलाई निरन्तरता दिँदै उपाधि जित्ने लक्ष्य राखेको बताए । ‘ हामीले राम्रो क्रिकेट खेलिरहेका छौं । फाइनलमा पनि कुनै दवाव नलिई समुह चरणको जस्तै खेल खेल्दै उपाधि जित्ने लक्ष्य छ, ‘ पहिलो पटक फ्रेन्चाइज लिगको फाइनलमा कप्तानी गरिरहेका दिपेन्द्रले भने,’हामी जस्तो प्रदर्शन गरिरहेका छौं । मनोबल पनि उच्च छ । मलाई लाग्छ यसपल्ट फाइनल हामी नै जित्छौं ।’
महेन्द्रनगरका कप्तान शरद भेषावकरले काठमाडौंले बहिस्कार गरेर सिधैं फाइनल प्रवेश गर्दा खल्लो लागिरहेको र टिमको लक्ष्य उपाधि जित्नेनै रहेको बताए । ‘अत्तरियाले राम्रो खेलिरहेको छ । च्याम्पियन बन्नु छ भने पक्कै च्याम्पियन बन्न लायक अर्को टोलीलाई हराउनै पर्छ । भोली राम्रो क्रिकेट खेल्नुपर्छ, दुवै टोलीलाई फाइनलमा दवाव हुन्छ । सहि समयमा सहि क्रिकेट खेल्न सक्यौं भने उपाधि जित्ने छौ”,शरदले भने ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश मधयम योगफल तयार गरेको छ । रुपेन्देहीमा जारी खेलमा सुदूरपश्चिमविरुद्ध पुलिस १ सय ६० रनको योगफलमा समेटिएको हो । सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १ सय ६० रनको योगफलमा समेटिएको हो । पुलिसका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई जितका लागि सामान्य लक्ष्य दिएको छ । भैरहवामा जारी खेलमा एपिएफले आर्मीलाई जितका लागि १ सय ४२ रनको लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४२.३ ओभरमा १ सय ४१ रनमा अल आउट भयो […]