6 years ago
February 22, 2019
धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत
आज दोस्रो क्वालिफायर खेल्नुपर्ने काठमाडौंले बहिष्कार गरेको छ । गोल्डेन्स र महेन्द्रनगर युनाइटेडबीच प्रतिस्पर्धा हुनुपर्ने थियो । तर काठमाडौंको टोली मैदान नगएर होटल जलसामा रहेको छ ।
भारतीय खेलाडी अकिंत दवासमाथि बलिङमा प्रतिवन्ध लगाएको कारण आफुहरु डिपिएलको क्वालिफायर नखेल्ने काठमाडौं गोल्डेन्सका मालिक रमेश शिलवालले हाम्रो खेलहुदलाई जानकारी दिए ।
हाम्रो खेलकुदसँग कुरा गर्दै शिलवालले भने अकिंतमाथि नियोजित रुपमा प्रतिबन्ध लगाएको कारण नखेल्ने आयोजकलाई पनि जानकारी दिएका छौं । राम्रो खेल्ने खेलाडीलाई प्रतिबन्ध लगाएपछि हामी कसरी खेल्ने ? ।
सुरुका चार खेलमा बलिङ ठिक भयो,रणजि टफीमा पनि सहि छ,जव क्वालिफायरमा आएपछि कसरी गलत हुन्छ – यो नियोजित रुपमा गरिएको प्रतिबन्ध हो ,त्यस्तैले हामीले नखेल्ने भएका हौ – शिलवालले भने । छानविन सहि तरिकाले हुनु पर्ने जनाए । काठमाडौंबाट खेलि रहेका दवासले जारी डिपिएलमा ५ खेलमा १ सय ५३ रन बनाउनुको साथै ६ विकेट लिएका छन् ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]