6 years ago
February 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले थाईल्यान्डमा जारी आईसीसी महिला विश्वकप छनोट एसिया क्षेत्रको तेस्रो खेलमा यूएईलाई विकेटले पराजित गरेको छ । यूएईले प्रस्तुत गरेको ४२ रनको सामान्य लक्ष्य नेपालले ओभरमा प्राप्त गर्यो । नेपालको जारी प्रतियोगितामा यो दोस्रो जित हो ।
कप्तान रुवीना क्षेत्रीले नटअाउट १८ र ओपनर काजल श्रेष्ठले १५ रन जोडेपछि नेपालले सहज जित दर्ता गरेको हो । काजलले २५ बलमा २ चौका प्रहार गर्दै १५ रनमा क्याच आउट भइन् । कप्तान रुविना क्षेत्री वेलवसेले १७ बलमा १ छक्का र २ चौका सहित १८ रनमा अविजित रहिन् ।
नेपालका लागि ओपनर काजल श्रेष्ठ र सिता रानामगरले ६.१ ओभरमा २३ रनको साझेदारी गरे । सिता ६ रन जोड्दै इशा ओजाको बलमा क्याच आउट भइन् । सातौं ओभरकै चौथो बलमा डेब्यु गरिरहेकी अप्सरी बेगम खाता नखोली पेभेलियन फर्कीइन् । यूएईका लागि ईर्शा ओझाले २ र काभिसाले १ विकेट लिन बाहेक अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।
त्यसअघि नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दा टस जितेर ब्याटिङ रोजेको यूएईले १७.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ४१ रन जोड्न सक्यो । मध्यक्रममा चमानी सेनेविरत्नाले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । खेलको तेस्रो ओभरमा सिता रानामगरले ओपनर छाया मुघललाई ३ रनमा क्याच गराउँदै पेभेलियन फर्काएकी थिइन् । युएईकी अर्की ओपनर इशा ओजा अर्को ओभरमा कविता कुँवरको एलबीडब्लू धरापमा परेपछि यूएई ४ ओभरमा ८-२ कोस्थितिमा पुग्यो ।
त्यसपछि सिताले कभिसा इगोदागेलाई ४ रन एलबीडब्लू आउट गर्दा कप्तान हुमैरा तस्नीम कविता कुँवरकोबलमा १ रन जोड्दै क्याचआउट भइन । सोनु खड्काले नवौं ओभरमा शुभ भेन्कटरमणलाई ३ रनमा एलबीडब्लू आउट गरिन् । लगत्तै उदेनी डोनालाई सोनुले पहिलो बलमा पेभेलियन फर्काउँदै यूएईलाई १९-६ को दयनीय स्थितिमा पुर्याइन ।
सेनेविरत्ना १३ रन जोडेको अवस्थामा नेरी थापाको बलमा क्याच आउट भएपछि यूएईको रनगति रोकिएको थियो । नेरीले अर्को ओभरमा नमिता डीसुजालाई पनि खाता खोल्न दिईनन् । नेरीले आफ्नो चौथो ओभरमा नेहा शर्मालाई ६ रनमा आउट गर्दै तेस्रो सफलता हात पारिन् । लगत्तै इशानी सेनेविरत्ने पनि ४ रनमा क्याच आउट भएपछि यूएई ४१ रनम समेटियो ।
नेरीले समग्रमा ३.३ ओभर बलिङ गर्दै १ मेडनसहित ६ रन खर्चेर ४ विकेट लिइन् । नेपालको लागि सिता रानामगरले ४ ओभरमा १ मेडनसहित ७ रन खर्चेर २ विकेट लिइन् । सोनु खड्का र कविता कुँवरले पनि २-२ विकेट बाँडे ।
नेपालले प्रतियोगिताको तेस्रो खेलमा दोस्रो जित दर्ता गरेको छ । यूएईले भने चौथो खेलमा पहिलो हार बेहोरेको हो । नेपालले पहिलो खेलमा मलेसियालाई पराजित गरेपनि दोस्रो खेलमा थाईल्यान्डसँग फराकिलो अन्तरले पराजित भएको थियो । विश्वकप छनोटको दोस्रो चरणमा पुग्न नेपालले अन्य खेलको नतिजा पनि कुर्नुपर्ने छ । प्रतियोगिताको शीर्ष टोली मात्र अर्को चरणमा पुग्नेछ ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]